मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

आज बिहीबार, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस् आजको राशिफल (भिडियो)

  • प्रकाशित मिति : बिहिबार, चैत्र ७, २०७५



  • आज मिति २०७५ साल चैत ७ गते । तदनुसार इश्वी सन् २०१९ मार्च २१ तारिख । शकसंवत् १९४०, विरोधकृत् संवत्सर, उत्तरायण, वसन्त ऋतु, नेपाल संवत् ११३९ चिल्लाथ्व । फाल्गुण शुक्लपक्ष, पूर्णिमा तिथि बिहीबार ।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    दिन संघर्ष पूर्ण रहनेछ । शत्रुहरुलाई कमजोर देखेर काम नगर्नु होला । प्रयत्नबाट धेरै अधुरा काम सम्पादन हुनेछन् । संकल्प पुरा हुनेछन् । व्यापर व्यवसायबाट आम्दानी बढ्नेछ । स्वास्थ्य अनुकुल रहनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । पारिवारिक समस्या समाधान भएर जानेछन् । राजनीति र खेलाडीको लागि दिन बढि अनुकुल देखिन्छ।

    बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    हरेक क्षेत्रमा समस्या आउने देखिन्छ तर प्रयत्नबाट केहि समाधान हुनेछन् । भ्रममा नपर्नु होला । यात्रामा सामान्य समस्या आउन सक्छ । व्यापार व्यवसायबाट सोचे लाभ लिन सकिने छैन । पढाई लेखाईमा ध्यान जानेछ । आफन्तबाट पराईको व्यवहार हुनेछ । आफुमा भएको उर्जालाई सहि प्रयोग गर्न सके केहि उपलब्धि हात लाग्नेछ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    आम्दानीका दृष्टिले दिन कमजोर देखिन्छ । पारिवारिक खर्च अत्याधिक हुनेछ । व्यापार व्यवसायमा समस्या आउनेछन् । राज्यसँग सम्बन्धित काममा बढि समस्या आउने देखिन्छ । भौतिक सुखमा कमि आउनेछ । धन सम्पति नास हुने देखिन्छ । स्वास्थ्यमा समस्या आउन सक्ने प्रवल सम्भावना रहेकोछ । आफ्नाबाट नै पराईको व्यवहार हुनेछ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    समयले पूर्ण साथ दिनेछ । निणर्य क्षमता थोरै कमजोर देखिन्छ भने कार्य क्षमता बढ्नेछ । प्रयत्न गर्दा धेरै ठाँउमा सफलता मिल्नेछ । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । आफ्नै बाहुबलबाट आर्थिक उन्नतिका बाटा खुल्ने छन् । अरुको भर परेर धेरै काम नगर्नु होला।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    सवैलाई आफ्नो ठानेर काम गर्दा धोका हुनेछ । ऋण लगानी नगर्नु होला । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । दुष्ट चाण्डाल सँग भेट हुनसक्छ । मनलाई नियन्त्रण गरेर काम गर्नु होला । पहिलो प्रयास असफल हुनसक्छ । दोहो¥याएर गरेका काम सफल हुनेछन् । कृषि औजार तथा यान्त्रिक कामबाट बढि लाभ हुनेछ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    काम गर्ने उत्साह बढ्नेछ । डर त्रासका कारण सहयोग मिल्नेछ । अनावस्यक खर्चमा कमि आउनेछ । रोकिएका काम अगाडि बढ्नेछ । काम गर्र्ने उत्साहा बढ्नेछ । भोज भतेरमा सहभागि हुने अवसर मिल्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । काममा वोलीको प्रभाव पर्नेछ । संचित धन बढ्नेछ । इष्टमित्रबाट सहयोग मिल्नेछ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    समयले कम साथ दिनेछ । राम्रो गर्न खोज्दा नराम्रा काम हुनसक्छन् । स्त्रीबाट सहायोग मिल्नेछ । चाण्डालको संगत हुनसक्छ सतर्क रहनुहोला । विना उदेश्यको यात्रा हुनसक्छ । व्यापार घट्ने तथा खर्चमा वृद्धि हुनेछ । घरका समस्याले मनलाई अशान्ति बनाउनेछ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । अरुको भर नपर्नुहोला धोका हुनसक्छ ।

    बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आकस्मिक आम्दानीको योग देखिन्छ । ज्ञान,शिप र वुद्धिको विकास हुनेछ । पारिवारिक सुख शान्ति बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । महत्वकाँक्षी योजना अगाडि बढ्ने छन् । अध्ययन अध्यापन कार्य अगाडि बढ्ने छन् । राजनीति तथा नोकरीमा कार्य भार थपिन सक्छ । सहयोगी मन भेटिने छन् । मित्र भेट होला ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    बाधा अवरोधहरु विस्तारै किनारा लाग्ने छन् । कामलाई निरन्तरता दिनु होला अवस्य सफल हुुनुहुनेछ । आर्थिक कारोवारमा भने सचेत रहनु होला । आफन्त भए पनि आन्तरिक कुरा नखोल्नु होला । आफ्नै प्रयासमा महत्वपूर्ण काम हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । सामाजिक उत्तरदायित्व वहन गर्नु पर्ला । पढाईमा प्रगति हुनेछ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    समयले पूर्ण साथ दिने देखिन्न । कामको स्पष्ट रेखा कोर्न नसक्दा अलमलमा दिन व्यतित हुने देखिन्छ । तर लगनशिल भई गरेका काम भने सफल हुनेछन् । साझेदारी काममा हात नहाल्नु होला। नोकरी तथा राजनीतिमा आंशिक सफलता मिल्नेछ । उत्सवहरुमा सहभागि हुने अवसर प्राप्त हुनेछ । यात्राको सम्भावनालाई नकार्न सकिन्न।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    दिन प्रतिकुल हुनसक्छ । गरेको परिश्रम खेर जान सक्छ । काम गर्ने वातावरण विग्रिन सक्छ । खानपानका कारण स्वास्थ्यमा समस्या आउनेछ । कहि कतैबाट आस्था र विश्वासमा चोट पुग्न सक्छ । खर्चालु र कष्टपूर्ण यात्रा हुनसक्छ । व्यापार व्यवसायमा गरेको लगानी बालुवामा पानी राखे सरावर हुनसक्छ विचार पु-याउनु होला।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    सामान्यतया ग्रह,गोचर अनुकुल देखिन्छ । अध्ययन अध्यापन कार्य अगाडि बढ्ने छन् । आफन्तको सहयोग मिल्नेछ । स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट लाभान्वित हुनुहुनेछ । मेहनत गर्न गाह्रो भए पनि परिणामले सन्तुष्टि बनाउने छ । घर छोडेर बाहिर जानु पर्ने स्थिति आउन सक्छ । दामपत्य जीवनमा सामान्य सुखानुभूति हुनेछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij