प्रकाशित मिति : बिहिबार, चैत्र ७, २०७५
काठमाडौँ । काठमाडौँको कपनमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। उक्त दुर्घटनामा परी सिन्धुपाल्चोक घर भएका विमल रोक्काको ज्यान गएको प्रहरीले जनाएको छ।
बुधबार बेलुकी कपनको सरस्वतीनगरमा बा ३८ प ३७९९ नम्बरको मोटरसाइकल सडक किनारमा रहेको टेलिकमको बक्समा ठोक्किएर घाइते भएका थिए।
सिन्धुपाल्चोक घर भई कपन बस्दै आएका २६ वर्षका रोक्काको बिहीबार बिहान ज्यान गएको प्रहरीले जनाएको छ। मोटरसाइकल पछाडी सवार कपनका जीवन खत्रीको काठमाण्डौको ओम अस्पतालमा उपचार भैरहेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij