मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

रौतहटमा होली खेल्दा दुई पक्षबीच झडप, प्रहरीसहित ७ जना घाइते

  • प्रकाशित मिति : बिहिबार, चैत्र ७, २०७५



  • काठमाडौं । रौतहटमा बिहीबार होली खेल्नेक्रममा दुई पक्षबीच झडप हुँदा प्रहरीसहित ७ जना घाइते भएका छन् । रौतहटको सिमरा भवानीपुरमा बिहीबार होली खेल्दा झडप भएको प्रहरी निरीक्षक सन्तोश पाठकले डिसीनेपाललाई जानकारी दिए ।

    दुई समूहबीच झडप भएपछि प्रहरीले नियन्त्रण गर्न खोज्दा अनियन्त्रित भीडले प्रहरीमाथि ढुंगा मुढा गरेको उनले बताए । प्रहरीमाथि नै आक्रमण हुन थालेपछि प्रहरीले भीड नियन्त्रण गर्न केही सेला अश्रुग्यास प्रहार गरेको जनाइएको छ । झडपमा ३ जना प्रहरी र ४ जना अन्य घाइते भएका छन् ।

    उता दाङमा पनि बिहीबार होली खेल्ने समूहले प्रहरीमाथि कुटपिट गरेको छ । युवतीलाई जबरजस्ती होली नदल्न आग्रह गर्दा प्रहरी जवानमाथि निर्घात कुटपिट भएको जनाइएको छ ।

    तुलसीपुर घर विदामा आएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत जितबहादुर चौधरीमाथि निर्घात कुटपिट भएको हो । उनको तुलसीपुरस्थित सिटी हस्पिटलमा प्रारम्भीक उपचार पछि थप उपचारको लागि बिहीबार दिउँसो बाँके रेफर गरिएको छ।

    घाइते चौधरीकी दिदी सीता चौधरीका अनुसार बहिनी शोभालाई १०-१२ जनाको संख्यामा आएका युवाले बलजफती लखेटी लखेटी होली दल्न थालेपछि प्रहरी जवान चौधरी छुटाउन गएको समयमा कुटपिटमा परेका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij