प्रकाशित मिति : शनिबार, चैत्र ९, २०७५
कास्की । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले बीमा कार्यक्रममार्फत जनताको स्वास्थ्य क्षेत्रमा पहुँच बढेको बताएका छन्।
सङ्घीय प्रेस फोरमले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले स्वास्थ्य बीमा कार्यक्रमलाई अझ विस्तार गर्दै सम्पूर्ण नेपालीमा सहज र सर्वसुलभरुपमा स्वास्थ्य सेवा पु¥याउन सरकारले काम गरिरहेको बताए। स्वास्थ्य सुविधा प्रभावकारी बनाउन देशमा कम्तीमा २१ हजार चिकित्सकको आवश्यकता रहे पनि हाल एक हजार ४०० जनाबाट सेवा लिनुपर्ने बाध्यता रहेको मन्त्री यादवले बताए ।
उनले भने, “हामीकहाँ डाक्टर, अस्पताल र उपकरण अत्यन्त न्यून छन्, एकैपटक आवश्यकता पूरा गर्न सकिदैन, क्रमशः सामर्थ्य बढाउँदै लैजाने योजना सरकारको छ ।” सङ्घीय समाजवादी फोरमका अध्यक्षसमेत रहेका मन्त्री यादवले राष्ट्रिय जनता पार्टीसँग पार्टी एकताका लागि ढोका खुला भएको र एकतापछि सरकारमा रहने नरहने भन्नेबारेमा एकीकृत पार्टीले निर्णय गर्ने बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij