मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

द्वन्द्वकालका कमाण्डर शान्तिकालमा नमुना कृषक

  • प्रकाशित मिति : बिहिबार, कार्तिक ११, २०७३



  • म्याग्दी । म्याग्दीको भकिम्ली–१ मुसुङका पदम पुन (अशेस) तत्कालीन नेकपा माओवादीको मगराँत राज्य समितिको सचिवालय सदस्य र माओवादी निकट शिक्षक संगठनको केन्द्रिय तहको नेतृत्वमा पुगेका थिए ।

    माओवादी शान्ति प्रक्रियामा आएपछि उनलाई कतिपय कार्यकर्ताले पार्टीको भावी नेतृत्वका रुपमा समेत लिने गरेका थिए । कुनै समयमा राजनितिमा सक्रिय पुनको अहिले परिचय फेरीएको छ । पछिल्लो समय जिल्ला तहको राजनितिक गतिविधिमा निश्क्रिय बनेका पुन गाउँमा व्यवसायीक बाख्रापालक कृषकको रुपमा चिनिन थालेका हुन् ।

    विद्यार्थी कालदेखि नै बामपन्थी विचारबाट प्रभावित पुनलाई २०५८ सालमा भकिम्लीको जयन्ती माविमा अध्यापन गराईरहेको अवस्थामा सेनाले गिरफ्तार गरेर दुई वर्षसम्म देशका विभिन्न जेलमा राखेको थियो । २०६० सालमा जेलबाट छुटेपछि स्थायी शिक्षकको जागीर छोडेर भुमिगत भएका पुन माओवादी विभाजन हुदा वैद्य नेतृत्वको पार्टीमा आवद्ध थिए ।

    राजनीति जीवन सोचेजस्तो नभएपछि उनले एक वर्षअघि गाउँ फर्किएर बाख्रा पालन सुरु गरेका हुन् । राजनीतिबाट सन्तुष्ट हुन नसकेका पुन बाख्रापालनबाट भने उत्साहीत भएको बताउँछन् । हाल ९२ वटा बाख्रा पालेका पुनले एक वर्षको अवधिमा २० वटा खसी, बोका बिक्री गरेको जानकारी दिए ।

    माओवादीमा आएको विभाजनसँगै राजनीतिमा निश्क्रिय रहेको बताउने पुनले जनयुद्धले नेपाली जनतामा परिवर्तन र राजनितिक उपलब्धी ल्याएपनि त्यसलाई संस्थागत गर्न नेताहरुले सहि बाटो अपनाउन नसकेको गुनासो गर्छन् । आयआर्जनका लागि बाख्रापालन गरेको पुनको भनाई छ ।

    आठ लाख रुपैयाँ लगानीमा व्यवस्थित खोर र संरचना बनाएर बाख्रापालन गरेका पुनलाई उनका दाजु मिनबहादुर पुनले पनि सघाएका छन् । अझै व्यवस्थित र जिल्लाकै नमुना बाख्रा फार्म बनाउने उनीहरुको योजना छ । भकिम्लीमा रहेको जयन्ती माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेका पुन बाख्रापालनसँगै गाउँको विकास निर्माणमा पनि सक्रिय छन् ।

    पुन मात्र होईन् जनयुद्धमा सक्रिय भएर राजनीति गरेका अधिकांश माओवादीका नेता, कार्यकर्ताहरु पछिल्लो समय कृषि, पशुपालन, व्यापार, व्यवसायमा आबद्ध भएका छन् । केही नेताहरु बिदेश समेत पलायन भएका छन् । जिल्लामा रहेका नेताहरु मध्य केहीले ब्यापार, ब्यवसाय र राजनीति सँगसँगै अघि बढाएका छन् ।

    पहिलो संविधानसभा निर्वाचनमा निर्वाचित भएका माओवादी नेता हाल बेनी बजार नजिकै रहेको कुरीलाखर्कमा भैसीपालन गरिरहेका छन् । नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक र केन्द्रिय सदस्य समेत रहेका पौडेलले राजनीति र भैसीपालन संगसंगै अघि बढाएका छन् । बिहान बेलुका घरको काममा व्यस्त हुने दुई वटा उन्नत जातका भैसी पालेका पौडेलले दिउँसोको समय पार्टी, विभिन्न कार्यक्रम, बैठक, कार्यकर्ता भेटघाटमा दिन्छन् ।

    आफू, परिवार र समाजलाई आत्मनिर्भर बनाउन उत्पादनशिल पेशामा संलग्न भएको पौडेलको भनाई छ । ‘व्यक्तिगत रुपमा आवश्यक पर्ने आर्थिक व्यवस्थापनका लागि मात्र नभएर हामीले गरेको कामबाट समाजका अरु व्यक्तिहरु आत्मनिर्भरतातर्फ अग्रसर गराउन खोजेको हो’ पौडेलले भने ।

    अन्तरीम सासद र पहिलो संबिधानसभामा दुई पटक जनप्रतिधिको भएका अर्का पुर्व सांसद गमबहादुर श्रीस पनि विगत पाँच वर्षदेखि आफ्नै जन्मथलो बरंजामा बसेर किराना पसल सञ्चालन गरिरहेका छन् । नेत्रविक्रम चन्द (विप्लप) नेतृत्वको नेकपा माओवादीमा आवद्ध उहाँ पार्टीको कामका साथै घरमा रहँदा किराना पसललाई समय दिन्छन् ।prem-geri-president-puruskar

    स्थानीय जनप्रिय निमावीको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत रहनुभएका श्रीसले गाउँको विकास निर्माण, सामाजिक गतिबिधिमा पनि संलग्न हुने गर्नुभएको छ । हाल विप्लप नेतृत्वका माओवादीमा रहेका युद्धकालमा जनसेनाको कमाण्डर भएर भुमिगत बनेका लालु किसान जिल्ला प्रशासन अगाडी हार्डवर्यर पसल सञ्चालन गरेर बसेका छन् ।

    अर्का माओवादी नेता पदम पुन (फिल्टर) र तारा पुनले बेनीमै मासु पसल सञ्चालन गरेका छन् । हाल नयाँ शक्ति नेपालको जिल्ला संयोजक रहेका भुवन बुढाथोकीले कालीपुलको कर्वडहलको सटरमा खाजा पसल चलाएका छन् । पुनद्धय र बुढाथोकी भुमिगत राजनितिबाट आएका नेता हुन् ।

    हाल नयाँ शक्तिमा रहेका अर्का नेता प्रेम गिरी (अबिरल)ले बरंजा १ भोर्लेनीमा व्यवसायीक सुन्तला खेती र बाख्रापालन गरेका छन् । गिरीलाई बुधबार जिल्ला कृषि विकास कार्यालयले जिल्ला स्तर राष्ट्रपती उत्कृष्ट कृषक पुरस्कारबाट सम्मान गरेको छ ।

    खुल्ला राजनितिमा आएपछि व्यक्तिगत, घरयसी ब्यवहार र पार्टीको काममा खटिदा आफ्नै खर्च आवश्यक पर्ने भएकाले नेताहरु आयआर्जनका लागि ब्यापार, ब्यवसाय र उद्यममा संलग्न हुन थालेका हुन् । भुमिगत हुँदा माओवादी नेता कार्यकर्ताहरु जनताको घरमा खान्थे, त्यही बाँस बस्दथे । जनताले गास काटेर माओवादीका नेता कार्यकर्ताहरुलाई सहयोग गरेका थिए ।

    व्यक्तिगत खर्चका लागि पार्टीले निश्चित रकम दिने गर्दथ्यो । खुल्ला राजनितिमा आएपछि आफ्नो खर्च आफैँ व्यवस्थापन गर्नुपर्ने अवस्था आएको छ । धनी हुनु भन्दा पनि आफू आत्मनिर्भर हुन र अरुलाई स्वदेशमै सम्भावना छ भन्ने सन्देश दिन उद्यम ब्यवसायमा लागेको नेताहरु बताउँछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij