प्रकाशित मिति : आइतवार, चैत्र १०, २०७५
काठमाडौं। संसारकै सबैभन्दा ठूलो क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आइपिएल) सुरु भइसकेको छ । हिजो लिगको पहिलो खेलमा साविक वितेता चेन्नइ सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गर्यो । आज लिगअन्तर्गत दुई खेल हुँदैछन् । पहिलो खेल कोलकाता नाइटरइडर्स र सनराइजर्स हैदराबादबीच कोलकाताको इडेन गार्डेन्स स्टेडियममा बेलुका सवा ४ बजे हुनेछ । दोस्रो खेल दिल्ली क्यापिटल्स र मुम्बइ इण्डियन्सबीच मुम्बइको वानखेडे स्टेडियममा बेलुका सवा ८ बजे हुनेछ ।
भारतको लिग भए पनि यसको रौनक नेपालका पनि छ किनकि नेपाली खेलाडी पनि यो लिगमा खेल्दैछन् । नेपाली लेगस्पिनर सन्दिप लामिछाने आबद्ध भएका कारण नेपाली फ्यानहरुमध्ये अधिकांशले दिल्ली क्यापिटल्सलाई समर्थन गरेका छन् । आजको खेलमा सन्दिप प्लेइङ ११ मा पर्ने सम्भावना बलियो छ किनकि अधिकांश क्रिकेट विश्लेषकहरुले उनी टिमको प्लेइङ ११ मा हुनु दिल्लीको लागि लाभदायक हुने विश्लेषण गरेका छन् । उनको पछिल्लो प्रदर्शनले पनि उनी प्लेइङ ११ मा पर्ने सम्भावना बलियो छ ।
यही बीचमा दिल्ली क्यापिटल्सले आफ्नो थीम गीत सार्वजनिक गरेको छ । दिल्लीले यस वर्ष आफ्नो नाम फेरेर दिल्ली डेयरडेभिल्सबाट दिल्ली क्यापिटल्स बनाएको छ । यही बीचमा ‘यो नयाँ दिल्ली हो’ भन्ने नारासहित थीम गीत बनाइएको छ । यो थीम अमित त्रिवेदीले तयार पारेका हुन् । ‘ओ दिल्ली रे… तु रोअर मचा’बोलको थीम गीत सुन्दै नाचौं नाचौं लाग्ने खालको छ । हेर्नुहोस् थीम गीतको भिडियो –
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij