मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

घरघरमा पानीको धारा, स्थानीयवासी खुशी

  • प्रकाशित मिति : आइतवार, चैत्र १०, २०७५



  • गोरखा । गोरखाको वारपाक सुलिकोट गाउँपालिका–४ स्थित भण्डारी गाउँमा घरघरमा खानेपानीको धारा पुगेपछि स्थानीयवासी खुशी भएका छन् । लामो समयदेखि खानेपानीका अभाव झेल्दै आएका त्यहाँका स्थानीयवासी अहिले घरमै पानीको धारा आएपछि दङ्ग परेका हुन् ।

    विसं २०७२ साल बैशाख १२ को भूकम्पले पानीको मुहान सुकेपछि त्यहाँका ६८ घरधुरीलाई खानेपानीका लागि दुःख, पीडा र हैरानी खेप्नु परेको थियो । एक गाग्री पानीका लागि दैनिक घण्टौँसम्म समय खेर फाल्नुपर्ने बाध्यता रहेका स्थानीयवासीलाई अहिले घरको आँगानमै स्वच्छ पिउने पानी आएपछि सपना जस्तै लाग्न थालेको छ ।

    “घरको आँगनमै पानीको धारा आउला भन्ने त लागेको थिएन”, स्थानीयवासी चन्द्रमाया गुरुङले भने, “अहिले एक गाग्री पानीका लागि ४ बजेदेखि नै धाउनुपर्ने बाध्यता हटेको छ ।” आँगनमै पानीको धारा आए पनि गाउँलेले सुखको अनुभूति गरेको उनले बताए ।

    गाउँमै खानेपानीको अभाव हटेपछि मेलापात गर्नसमेत सजिलो हुन थालेको स्थानीयवासीको भनाइ छ । “पानी लिनका लागि घण्टौँ कुर्नुपर्दा बालबालिकालाई विद्यालय पठाउन, मेलापात गर्नसमेत गाह्रो भएको थियो”, उनले भने, “अहिले समयको पनि बचत भएको छ, बिहान घरधन्दा गरेर मेलापात गर्न पनि सजिलो हुन थालेको छ ।”

    “धारामा पानी लिन एक घण्टासम्म लाइन बस्दा पनि पानी नपाएर रित्तै गाग्री लिएरसमेत फर्कनु पथ्र्यो, अर्का स्थानीयवासी सानुमाया गुरुङले भने, “पानीको अभाव हँुदा कहिले त गाउँ नै छोडर जाउँजस्तो पनि लाग्थ्यो, अहिले घरमै पानी आएपछि गाउँ नै स्वर्गजस्तो लाग्न थालेको छ ।”

    भण्डारी गाउँका स्थानीय बासिन्दाले भूकम्पपछि खानेपानीको बढी हैरानी खेप्नु परेको उनले बताए । “गाउँभरिमा चार ओटा धारा थियो, त्यो पनि कहिले पानी आउने कहिले नआउने भएकाले धेरै दुःख खेप्नु परेको थियो, अहिले त सजिलो भएको छ,” उनले भने ।

    हिउँदका बेला पानी सुक्ने बर्खाका बेला भेलले पानी ल्याएको पाइप बगाइदिने, ट्याङकी पुरिने जस्ता समस्याले पीडित त्यहाँका बासिन्दाले खानेपानीका लागि भौँतारिनुपर्ने बाध्यता थियो । अधिकांश गुरुङ समुदायको बसोबास रहेको उक्त गाउँमा युनिसेफ र नेपालस्थित फिनल्याण्ड दूतावासको सहयोगमा खानेपानी आयोजना निर्माण सम्पन्न गरिएको हो ।

    कूल १० लाख ९१ हजार लागतमा सम्पन्न भएको उक्त आयोजनाले अहिले भण्डारी गाउँको सबै घरमा खानेपानी पुगेको छ । धारा बनाउन चार लाख ६२ हजार बराबरको श्रमदान र रु दुई लाख स्थानीयवासीले जुटाएर खर्च गरेका थिए । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij