प्रकाशित मिति : मङ्लबार, चैत्र १२, २०७५
काठमाडौं । काठमाडौंको दक्षिणकालीबाट रत्नपार्कतर्फ आउँदै गरेको बस आज बिहान हात्तिबनमा दुर्घटना हुँदा २० जना घाईते भएका छन्।
बस दक्षिणकाली नगरपालिका ४ चाल्नाखेलको बीच सडकमा पल्टेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइतेहरुको फर्पिङ्गस्थित मनमोहन र बल्खुस्थित वयोधा अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये केहीको अवस्थामा गम्भिर रहेको भएपनि उनीहरुको पहिचान भने खुल्न सकेको छैन।
घाइतेहुनेमा अधिकांश क्याम्पस पढन आउँदै गरेका विद्यार्थीहरु रहेका छन्। बस दुर्घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij