प्रकाशित मिति : मङ्लबार, चैत्र १२, २०७५
बझाङ । बझाङमा भलिबल खेल्ने क्रममा झगडा हुँदा एक युवकको ज्यान गएको छ।
आइतबार दिउँसो भलिबल खेल्ने क्रममा झगडा हुँदा सिकिस्त घाइते भएका सुर्मा गाउँपालिका–५ का १८ वर्षीय आनन्द विकको सोमबार मृत्यु भएको हो।
भलिबल खेल्ने क्रममा विवाद भइ हानाहान हुँदा सिकिस्त घाइते भएका विकको जिल्लामा उपचार हुन नसकेपछि नेपालगञ्जतर्फ रेफर गरिएको र सोमबार बिहान अत्तरिया नपुग्दै बीच बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रविण धितालले बताएका छन्।
झगडा गर्ने स्थानीय युवा भने फरार रहेको र उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij