मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

बट्टाई र कडकनाथ कुखुरामा कृषकको आकर्षण

  • प्रकाशित मिति : मङ्लबार, चैत्र १२, २०७५



  • दाङ चैत १२ ।  बट्टाई व्यवसायबाट दाङ देउखुरीका व्यवसायीले राम्रो आम्दानी गर्न सफल भएका छन् । दाङमै नमुनाको रुपमा रहेको बट्टाई व्यवसाय अवलोकनकै लागि बट्टाई फर्ममा भिड नै लाग्ने गर्दछ । बट्टाई व्यवसायबाट सँगै कडकनाथ जातको कुखुरा पालन गर्नुभएका दाङ राप्ती गाउँपालिका पाँच जना यूवाहरुले मासिक एक लाख भन्दा बढी आम्दानी गर्दै आएका छन् ।

    एक बर्ष देखि व्यावसाय संचालन गरेको बताउने व्यवसायी भिमलाल आचार्यले बट्टाई व्यवसायबाट घाटा नहुने बताउनु हुन्छ । बट्टाई र कडकनाथ जातको कुखुरा दाङमा नयाँ भएकोले पनि राम्रो व्यवसाय भएको उहाँले बताउनुभयो । ‘बिक्रीको लागि चिन्ता छैन, उत्पादन गर्न सके जतिपनी बिक्री हुन्छ’ व्यवसायी आचार्यले भन्न्ुभयो ।

    दैनिक पाँच सय बट्टाइ र कडकनाथ जातको कुखुरा उत्पादन गर्ने उनिहरुले दाङ भन्दा बुटवल, चितवन र काठमाण्डौमा निर्यात गर्दै आइरहेका छन् । बट्टाई प्रतिगोटा तीन सय पचास र कडकनाथ कुखुरालाई तीन हजार पाँच सय देखि चार हजारसम्ममा बिक्री हुने गरेको छ । ‘तीनसयमा बट्टाइ र पोथी कुखुरालाई तीन हजार पाँच सय भालेलाई चार हजार सम्म पर्ने गर्दछ, तौल लिएर भन्दा ठाडै दिने गरेका छौ ।’ व्यवसायी रेशम खड्काले भन्नुभयो ।

    राप्ती गाउँपालिका मौरीघाट निवासी भिमलाल आचार्य, रेशम खड्का, केशव शर्मा, शंकर गौतम र प्रभात घिमिरेले संयुक्त रुपमा व्यवसाय संचालन गर्नुभएको हो । पाँच जनाले दुध संकलन गर्ने र बिक्री गर्ने काम पनि गर्दै आउनु भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij