मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

गोरखामा ट्रक र बस ठोक्किँदा २० भन्दा बढी यात्री घाइते

  • प्रकाशित मिति : मङ्लबार, चैत्र १२, २०७५



  • गोरखा, चैत १२ । गोरखाको पाँचकिलोमा यात्रीवाहक बस र ट्रक एकापसमा ठोक्किँदा २० जनाभन्दा बढी यात्री घाइते भएका छन् ।

    मंगलबार साँझ तनहुँको आबुखैरेनीबाट गोरखाको शेरातर्फ आउँदै गरेको ना७ख २०७० नम्बरको बस र विपरीत दिशाबाट गइरहेको ना५ख ५८११ नम्बरको ट्रक गोरखा नगरपालिका–१३, पाँचकिलोमा ठोक्किएका हुन् ।

    दुर्घटनामा घाइते भएकामध्ये बसमा सवार ४० वर्षीया सुमित्रा नगरकोटी र ४४ वर्षीय भोजराज नरालको अवस्था गम्भीर रहेको जनाइएको छ ।

    उनीहरु दुवैजनालाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको जिल्ला ट्राफिक कार्यालय प्रमुख दयाराम पौडेलले जानकारी दिए ।

    अरु घाइतेहरुको आबुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij