प्रकाशित मिति : बिहिबार, चैत्र १४, २०७५
काठमाडौँ । प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष राजेन्द्र अर्याललाई पितृशोक परेको छ।
अर्यालका ७३ वर्षीय पिता चम्पबहादुर अर्यालको आज बिहान काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
मालिका गाउँपालिका गुल्मी स्थायी घर भएका अर्याल फोक्सोको क्यान्सरबाट पीडित थिए।
पूर्वअध्यक्ष अर्याल जेठा छोरा हुन्। अर्यालका दुई श्रीमती चार छोरा र एक छोरी रहेका छन्। उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij