प्रकाशित मिति : बिहिबार, चैत्र १४, २०७५
काठमडौँ । चर्चित एवं लोकप्रिय हाँस्यटेलिश्रृंखला ‘भद्रगोल’मा नेपाली चलचित्र क्षेत्रका युवास्टार प्रदीप खड्का देखिने भएका छन्।
चैत २१ गतेबाट देशैभर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लभ स्टेशन’को प्रचारप्रसारका लागि युवास्टार प्रदीप र नायिका जसिता गुरुङ हाँस्य टेलिश्रृंखलामा देखिन लागेका हुन्।
शुक्रबार राती ८ः५० मा प्रसारण हुने एपिसोडको लागि हाँस्यटेलिश्रृंखलाको टिमले टेलिश्रृंखलाको केही भाग छायांकन गरेका थिए। यसका साथै कार्यक्रम सुटिङकै लागि बुधबार प्रदीप र जसिता मुड्खु भञ्ज्याङ पुगेका थिए।
प्रदीपले आफ्नो अभिनय गरेको चलचित्रको लागि गज्जबले समय दिने गरेका छन्। यसअघि उनले गरेका दुइ चलचित्रहरुमा पनि गज्जबले समय दिएका थिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij