मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

चन्द्रागिरिलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्नुपर्ने

  • प्रकाशित मिति : शनिबार, चैत्र १६, २०७५



  • काठमाडौं। ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वको स्थान चन्द्रागिरि नगरपालिकालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ।

    प्रदेश नं ३ उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र चन्द्रागिरि विकास मञ्चद्वारा आज यहाँ आयोजित ‘हाइकिङ’ उद्घाटन कार्यक्रममा प्रदेश–३ का पर्यटनमन्त्री अरुण नेपालले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्न पर्यटन क्षेत्रको विकास हुनु आवश्यक रहेको बताए।

    “मुलुकको समृद्धिको आधार पर्यटन हो, पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकार विभिन्न कार्ययोजना बनाएर अगाडि बढिरहेको छ”, उनले जोड दिए, “चन्द्रागिरि नगरपालिका प्रदेशको उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ ।”

    प्रदेश नं ३ उद्योग पर्यटन वन तथा वातावरण समिति सभापति रमा आलेमगरले पर्यटनको विकाससँगै स्थानीय क्षेत्रमा पनि रोजगारी सिर्जना हुँदै जाने भएकाले यसको विकासका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताए। उनले पर्यटन विकासले चन्द्रागिरि क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रको विकासमा टेवा पुग्ने उल्लेख गरे।

    चन्द्रागिरि क्षेत्रका २०० व्यक्ति हाइकिङमा सहभागी भएको चन्द्रागिरि विकास मञ्चका सदस्य श्रीहरि थापाले जानकारी दिए। चन्द्रागिरिको पर्यटकीय क्षेत्र दहचोक–इन्द्रदह–काजी कालु पाँडे समाधिस्थल–झाँगाझिटी–बाँडभञ्ज्याङको मसिनेसम्म हाइकिङ गरिएको थियो।

    आजै मन्त्री नेपालले चन्द्रागिरिमा रहेको त्रिभुवन पार्क अवलोकन गर्दै उक्त क्षेत्रलाई व्यवस्थित बनाएर वनभोजनका लागि प्रमुख गन्तव्यस्थलको रुपमा विकास गर्न निर्देशनसमेत दिए। केही महीना अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गरेको काजी कालु पाण्डेको शालिक तथा समाधिस्थल पनि उनले निरीक्षण गरे।रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij