मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

टिकटकका क्विन

  • प्रकाशित मिति : शनिबार, चैत्र १६, २०७५



  • काठमाडौँ —  यी जुम्ल्याहा दिदीबहिनीका लागि टिकटक यस्तो अवसर बनिदियो जसले उनीहरु रातारात सेलेब्रिटी बने  । टिकटकबाटै चर्चित उनीहरुलाई अहिले म्युजिक भिडियो र फिल्म खेल्न अफर आएको छ  ।

    यी जुम्ल्याहा दिदीबहिनीका लागि टिकटक यस्तो अवसर बनिदियो जसले उनीहरु रातारात सेलेब्रिटी बने । टिकटकबाटै चर्चित उनीहरुलाई अहिले म्युजिक भिडियो र फिल्म खेल्न अफर आएको छ । टिकटकमा लोकप्रिय जुम्ल्याहा दिदीबहिनीको कथा:

    टिकटक, टिन्स र ट्वीन्स एकै परिवारजस्ता भइसके । छोटा भिडियो बनाएर सेयर गर्न मिल्ने एप हो टिकटक । यसमा टिनएज पुस्ता बढी आकर्षित छ भने ट्वीन्स अर्थात् जुम्ल्याहाहरूको भिडियो असाध्यै लोकप्रिय हुने गरेको छ । नेपाली टिकटक म्युजर्समा प्रिस्मा र प्रिन्सी खतिवडा अर्थात् ट्वीनी गर्ल, ड्याजलिङ ट्वीन्स, निकी–निकिताजस्ता ट्वीन्स चर्चित छन् ।

    नेपाली म्युजर्समध्ये अञ्जु भण्डारीको फलोअर संख्या सबैभन्दा धेरै अर्थात् ४७ लाख छ । जुम्ल्याहा जोडीमा ट्वीनी गर्ल सर्वाधिक लोकप्रिय छन् । उनीहरूलाई ४४ लाख प्रयोगकर्ताले फलो गर्छन् । यत्तिको फलोअर्स संख्या उनीहरूले ६ महिनाभित्र आर्जन गरेका हुन् । ‘पहिला त एक्टिङमा रुचि नै थिएन,’ प्रिस्मा भन्छिन्, ‘आयशा दिदीले भिडियो बनाउनु भनेपछि हामीले ट्राई गरिम् ।’ पहिलो भिडियोमै रातारात १५ हजार भ्युज आएपछि आफूहरू गदगद भएको प्रिस्माले सुनाइन् । उनीहरूलाई टिकटक क्विन भन्ने गरिएको छ ।

    त्यो बेला उनीहरूले ‘बाटैमा भेट भयो रैछौ काले काले…’ गीतमा एक्स्प्रेसन दिएका थिए । त्यसपछि ‘मेरे सरकार…’ लगायत गीतमा भिडियो बनाए । भ्युजसँगै फलोअर बढ्न थाले । फलोअर बढेपछि उत्साह थपिएको प्रिन्सी सम्झन्छिन् । ‘सात सय फलोअर हुँदा १ लाख पुगोस् जस्तो लाग्थ्यो,’ उनले भनिन्, ‘एक लाख पुगेपछि २ लाख, २ पुगेपछि ५ हुँदै १० लाखसम्म पुगोस् भन्ठानियो ।’ अब भने फलोअर्स बढाउन भन्दा पनि आफ्नै लागि भिडियो बनाउन रहर लाग्ने ट्वीनी गर्लले बताए ।

    प्रिस्मा पाँच मिनेटले प्रिन्सीभन्दा जेठी हुन् तर उनी प्रिन्सीभन्दा फुच्ची देखिन्छिन् । भिडियोमा दुरुस्त अनुहार आए पनि प्रत्यक्ष भेट्नेले आफूहरूलाई छुट्याउन सक्ने प्रिस्माको भनाइ छ । ‘हामी एउटै देखिन्छौं जस्तो लाग्दैन,’ उनले भनिन्, ‘फरक अनुहार छ जस्तो लाग्छ । भिडियोमा एउटै देखिओस् भनेर के–के आइडिया लगाउँछौं ।’ प्रिस्मा मेधावी कलेजमा होटल म्यानेजमेन्टमा स्नातक अध्ययनरत छिन् भने प्रिन्सीले एयरपोर्ट ग्राउन्ड अपरेसनमा डिप्लोमा सकिन् । उनी अचेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इन्टर्नसिप गर्दैछिन् ।

    ट्वीनी गर्ललाई भारतीय र पाकिस्तानी फलोअर्सले निकै पछ्याउँछन् । उनीहरूकै लागि हिन्दी गीतमा भिडियो बनाइदिने गरेको बताए । नेपाली प्रशंसकले भने यसमा बेलाबखत चित्त दुखाउने गरेका छन् । आफ्नै गीतमा भिडियो बनाऊ भन्दै इन्स्टाग्रामतिर कमेन्ट छोडिरहेका हुने प्रिन्सीले बताइन् । ‘हाम्रो टाइमिङ, कोअर्डिनेसन र एक्सप्रेसन मिल्छ,’ उनले भनिन्, ‘मिल्ने मात्रै होइन सुहाउँछ रे । यही भएर धेरैले रुचाएका होलान् ।’ दुई जना अलग क्याम्पसमा पढ्ने भएकाले टिकटकलाई राम्रो समय दिन नसकेको भन्दै एकछिन चुकचुकाए ।

    ‘यसले हामीलाई प्लेटफर्म दिएको छ,’ पिस्माले भनिन्, ‘हामीलाई चिनाइदियो ।’ यहाँ धेरैले भिडियोहरू बनाउने भएकाले आफू पृथक् देखिन सक्नु प्रमुख चुनौती रहेको उनीहरूको बुझाइ छ । टिकटकका कारण दिदी–बहिनीको घनिष्ठता बढेको प्रिन्सीले सुनाइन् । ‘हामीले एकअर्कालाई समय दिन थाल्यौं,’ उनले भनिन्, ‘मान्छेहरूले दुवै जनालाई कार्यक्रममा बोलाउने भएकाले एक–अर्कासँग अझै नजिक हुन पायौं । हामी कामको कुरा गर्ने र निर्णय लिन सक्ने भएका छौं ।’


    बीसौं वसन्तमा हिँड्दै गरेका यी जोडी टिकटकका माध्यमले म्युजिक भिडियो मोडलिङ, प्रिन्ट मिडियाका लागि फोटोसुट, ब्रान्ड इन्डोर्समेन्ट आदिमा संलघ्न हुन थालेका छन् । पछिल्लो पटक सामसुङ मोबाइलको एम सेरिजको प्रचारका लागि उनीहरूलाई मोडलिङ गराइएको थियो । शुक्रबार नै सार्वजनिक हुने ‘हाम्रो माया जिन्दावाद…’ बोलको गीतको भिडियोमा यिनलाई देख्न सकिन्छ । ‘टिकटक त १५ सेकेन्डको मात्रै भिडियो हो,’ प्रिस्माले भनिन्, ‘दुई टेकमै ओके हुन्छ । म्युजिक भिडियोमा बिहानदेखि मध्यरातसम्म सुटिङ गर्दा थाकिँदो रहेछ ।’

    डान्सिङ शैलीका गीतमा मोडलिङ गर्न मनपर्ने प्रिन्सीले बताइन् । सेन्टिमेन्टल गीतमा आफूहरूलाई नसुहाउने उनको मूल्यांकन छ । टिकटिकमै पनि उनीहरूलाई डान्सिङ भिडियो बनाउन खूब आग्रह आउने गरेको छ । फ्यानहरूकै अनुरोधमा उनीहरूले केही अघि ‘मेरी बिन्दिया इसारा करे…’ लगायत गीतमा डान्सिङ भिडियो बनाएका थिए । त्यसमा २७ लाख लाइक्स र ६७.४ मिलियन भ्युअ आएको उनीहरूको भनाइ छ । ट्वीनी गर्लको सर्वाधिक लोकप्रिय भिडियो ‘मे तो ठुम्का लगा रही थि…’ मा हालसम्म ३५ लाख लाइक्स छ ।

    यो लोकप्रियतापछि उनीहरूले टिकटकबाटै आम्दानी गर्न थालेका छन् । फिल्म प्रमोसनका लागि उनीहरूलाई अफर आउन थालेका छन् । पछिल्लो पटक ‘ब्रेकअप’ र ‘गोधूलि’ फिल्मको प्रमोसनबापत राम्रै पारिश्रमिक पाएको बताए । द नेक्स एडुकेसन फेयरको टिकटक भिडियो प्रतियोगिता जितेर पुरस्कार पाएको प्रिस्माले बताइन् । ‘ओ हो त्यो बेला हामीलाई कस्तो सेलेब्रिटी जस्तो व्यवहार गरियो,’ उनी सम्झन्छिन्, ‘हामी कत्ति धेरै खुसी भएका थियौं ।’

    फिल्म खेल्न र मिडियालाई अन्तर्वार्ता दिन भने उनीहरू अनकनाउने गरेका छन् । फिल्मका लागि योग्य भइनसकेको प्रिन्सीको भनाइ थियो । ‘भिडियो मात्रै बनाएर के इन्टरभ्यु दिइराख्नु जस्तो लाग्यो,’ उनले भनिन्, ‘एक/दुई वटालाई दिएर आफ्नाबारे सबै भनिसकेका थियौं । त्यही भएर अरूलाई नो भनियो तर सिधै नो भन्न नहुने रहेछ । अबदेखि कूटनीतिक पारामा रिजेक्ट गर्ने सल्लाह गरेका छौं ।’ आफूहरूको चर्चालाई लिएर अभिभावक, आफन्त र साथीभाइले राम्रै मानेका उनीहरूको बुझmाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij