मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

पाथीभरामा केबलकार निर्माणको बाटो खुल्यो

  • प्रकाशित मिति : शनिबार, चैत्र १६, २०७५



  • ताप्लेजुङ — प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबलकार निर्माणको बाटो खुलेको छ । केबलकार निर्माणका लागि प्रतिस्पर्धा गरिरहेका दुईमध्ये एक कम्पनीले हात झिकेपछि अब पाथीभरा माता देवी दर्शन केबलकार प्रालि काठमाडौंका लागि बाटो खुलेको हो ।

    निर्माणका लागि पहिले प्रक्रिया अघि बढाएको त्रिवेणी केबलकार प्रालि भने हाल अलग भएको छ । त्रिवेणीका प्रबन्ध निर्देशक सुवास सांघाईले अब आफ्नो कम्पनी निर्माणका लागि नआउने बताए । उनले अदालतमा रहेको मुद्दा पनि आफ्नो तर्फबाट फिर्ता लिइसकेको जानकारी दिएका छन् । ‘कसले बनाउँछ, कहिले बनाउँछ थाहा छैन, हामीले मुद्दा फिर्ता लिएका छौं,’ सांघाईले भने, ‘मेरो कम्पनी अब निर्माणका लागि आउँदैन ।’

    पाथीभराका कार्यकारी निर्देशक ईश्वरी पौडेलले दुई कम्पनीबीच कुरा मिलिसकेको बताए । ‘केही साथीहरू अहिले बाहिर हुनुहुन्छ, आएपछि हामी निर्माण सुरु गर्छौं,’ पौडेलले भने । प्रक्रियाको विषयलाइ लिएर यी दुई कम्पनी मुद्दा हालाहाल गरेर अदालतसम्म पुगेका थिए ।

    गत जेठ १३ गते बसेको नगरपालिका कार्यपालिकाको बैठकले पाथीभरा माता देवी दर्शनलाई अनुमति दिने निर्णय गरेको हो । जेठ ६ गते रज्जुमार्ग (केबलकार) अनुमतिसम्बन्धी कार्यविधि पारित गरेको नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०४७ को दफा ११ (६) अनुसार अनुमति दिएको उल्लेख गरेको छ ।

    नवीन पर्यटकीय सेवा कार्यहरूसम्बन्धी आयोजनाहरूको पहिचान, कार्यान्वयन व्यवस्थापन, अनुगमन तथा नियमन गर्ने भनी दिएको अधिकार प्रयोग गरी अनुमति दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । त्यही कार्यविधिका आधारमा नगरपालिकाले १२ लाख रुपैयाँ राजस्व लिएको छ । मन्त्रिपरिषदको बैठकले पनि पाथीभरा माता कम्पनीलाई केबलकार निर्माण हुने क्षेत्रको सार्वजनिक जग्गा उपलब्ध गराउने निर्णय गरेको छ ।

    यिनै निर्णयका विरुद्ध त्रिवेणी अदालत गएको थियो । पाथीभरा माताले भालुगौंडेको पूर्वपट्टि फुङलिङ नगरपालिका ११ साविकको फावाखोला गाविसलाई मात्रै छोएर केबलकार निर्माणको प्रस्ताव गरेको छ । कम्पनीले गरेको प्रस्तावअनुसार यसमा ४.९७ हेक्टर क्षेत्रफल जमिन प्रयोग हुन्छ । यस्को लम्बाइ झन्डै साढे दुई किलोमिटर छ ।

    ‘कम्पनीको प्रस्तावअनुसार भालुगौंडेदेखि अहिलेको गोरेटो बाटोको पूर्वपट्टिको भाग भएर निर्माण हुनेछ । मन्दिरको गेट पुग्नुभन्दा दाहिनेपट्टिको भागलाइ अन्तिम विन्दु बनाइएको छ । हालको पैदलमार्गको थोरै भाग मात्रै अवतरण गर्ने स्थानमा भेटिन्छ ।

    जिल्ला वन कार्यालय स्रोतका अनुसार केबलकार निर्माणका लागि ठूला १ सय १२ वटा रूख काट्नुपर्ने हुन्छ । ठूला साना सबै गरी गरी जम्मा ६ हजार ६ सय २१ वटा काट्नुपर्ने देखिएको छ । लाथ्रा मात्रै २ हजार ९ सय ९५ वटा काट्नुपर्छ । वन ऐनअनुसार ठूला रुख, लाथ्रा, पोल भनेर छुट्याउनुपर्छ । ऐनअनुसार ५ हेक्टरभन्दा कम क्षेत्रफलमा बन्ने संरचनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गर्नु पर्दैन आईईई गरे पुग्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij