मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

जानी राखौ यौनसम्बन्धी केही गलत धारणा

  • प्रकाशित मिति : आइतवार, चैत्र १७, २०७५



  • काठमाडौँ। यदि कसैले यौनबारे सबै कुरा थाहा छ भन्ने सोच्छ भने ऊ गलत हुन सक्छ । विशेषतः नेपालजस्तो अल्पविकसित मुलुकमा यौनसम्बन्धी चर्चापरिचर्चा कम हुने गरेकाले मानिसहरुका कतिपय बुझाइ अपुरो अधुरो नै रही मानिसले विभिन्न गलत धारणा लिइरहेका हुन सक्छन् । प्रविधिको यस युगमा हामीले चाहेका हरेक प्रश्नको उत्तर इन्टरनेटमा त पाउन सक्छौं । तर, त्यसमा दिइएका तथ्यांक, जानकारी पनि सही नै हुन्छन् भन्ने छैन । यसले जिज्ञासा समाधान नगरी गलत धारणालाई झन् सबल बनाउन सक्छ । धेरै मानिसको दिमागमा यौनसम्बन्धी विभिन्न किसिमका गलत धारणा हुन सक्छन् । केही गलत धारणा र त्यससम्बन्धी सत्य तथ्य यसप्रकार छन् ।

    रजस्वलापछि यौनको चाहनामा कमी आउँछ

    रजस्वलापछि धेरै महिलाहरू यौन र हार्मोनल सन्तुलनमा रुचि राख्दछन् । रजस्वला भएको अवस्थामा पुरुषलाई छुन नहुने भन्ने धारणा समाजमा बिस्तारै घट्दै गएको छ । अहिले महिलाहरु पुरातन सोचाईभन्दा सुरक्षित यौन सम्बन्ध चाहन्छन् । हाल महिलाहरु यति सचेत र विश्वस्त छन् कि उनीहरूलाई आफ्नो चाहनाको बारेमा राम्ररी थाहा छ ।

    कामेच्छाको लागि महत्त्वपूर्ण हार्मोन टेस्टोस्टेरोन 

    यद्यपि टेस्टोस्टेरोन महिला र पुरुष दुवै लिबिया र लिबडो अर्थात् कामेच्छाको लागि महत्त्वपूर्ण छ । तथापि, यो हार्मोनमात्र कामेच्छाको लागि महत्त्व्पूर्ण नभई अन्य केही हार्मोन पनि यौनका लागि आवश्यक हुन्छन् । एस्ट्रोजेन महिला र पुरुष दुवैमा कामेच्छा जगाउने एक प्रमुख हार्मोन हो । साथै, यदि शरीरमा कोर्टिसोलको मात्रा बढी भएमा कामेच्छा कम हुने सम्भावना रहन्छ ।

    साँचो प्रेम भएमा यौनको भावना आफै आउँछ

    कुनै सम्बन्ध स्थायी र प्रगाढ बनाउन धेरै समय र ऊर्जाको आवश्यकता पर्छ । त्यसैले साँचो प्रेम छ भन्दैमा यदि आफ्नो सङ्गी अथवा सङ्गिनीलाई समय नदिने, उसको भावनाको ख्याल नराख्ने हो भने यसले यौन जीवनमा समस्या ल्याउन सक्छ । त्यसैले आफ्नो आफ्नो सङ्गीका भावनाको ख्याल गर्नु जरुरी छ । उसलाई पर्याप्त समय दिनु आवश्यक छ । यसले सम्बन्ध प्रगाढ र सुमधुर बनाई लिबिडो अथवा कामेच्छा पनि बढाउँछ ।

    पुरुषमा भन्दा महिलामा यौनको भावना कम हुन्छ

    लिबिडो अर्थात् कामेच्छा पुरुषमा भन्दा महिलामा कम हुन्छ भन्ने धेरैको धारणा हुन सक्छ । पुरुषहरु सहज ढंगले आफ्नो इच्छा प्रकट गर्छन् भने महिलाहरु नाइनास्ती गर्ने हुनाले उनीहरुमा कामेच्छा कम हुने धेरैको गलत बुझाइ हुन सक्छ । तर सन् २०१७ मा गरिएको एक अध्ययनमा महिलामा पुरुषमा भन्दा महिलामा कामेच्छा बढी हुने पाइएको छ । अध्ययनअनुसार ६० प्रतिशत महिलामा आफ्नो सङ्गीको तुलनामा बढी कामेच्छा भएको पाइयो । यद्यपि, उनीहरुले आफ्नो कामेच्छा व्यक्त गर्न लजाउने र सङ्कोच मान्ने गरेको बताएका छन् ।

    मुखमैथुनले कुमारित्व गुम्छ 

    मौखिक यौन अथवा मुखमैथुन भएको अवस्थामा पनि कुमारित्व गुम्छ भन्ने भ्रम कतिपयको हुन सक्छ । तर, कुमारीत्व केवल शारीरिक सम्पर्क भएमा मात्र गुम्छ । मुखमैथुनले मानसिक रुपमा कुमारीत्व गुम्न सक्छ शारीरिक रुपमा होइन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij