मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

मलेसियामा एक नेपालीद्वारा झुण्डिएर आत्महत्या

  • प्रकाशित मिति : आइतवार, चैत्र १७, २०७५



  • मलेसिया । मलेसियाको इपोहमा एक नेपालीले झुण्डिएर आत्महत्या गरेका छन् । धनकुटा जिल्ला घर भएका टंक बहादुर कार्की करिब दुई बर्ष अगाडी मलेसिया आएका थिए ।

    इपोह स्थित एक नेपाली रेस्टुरेन्टमा कार्यरत कार्की हिजो राति ११ बजे काम सकाएर सुत्न गएको र आज बिहानी करिब ७ बजेतिर नउठेपछि ढोका फुटाएर हेर्दा कार्की सिलिङ्ग फ्यानमा झुन्डेर मृत अबस्थामा फेला परेका थिए र तत्कालै साथीहरुले स्थानीय प्रहरी लाई खबर गरेका थिए ।

    अहिले कार्कीको शवलाई पोस्टमार्टमको लागि इपोह स्थित राजा हस्पिटलमा राखिएको छ । साथिहरुको अनुसार कार्की अविवाहित रहेको र केहिदिन देखि मानसिक तनावमा रहेको साथै हिजो बेलुका सुत्ने बेलामा फोनमा बोल्दा झगडा परेको थियो ।

    कार्कीका दाई मलेसियाको जोहरमा र दिदि मलक्कामा रहेको र खबर पाउने बितिकै घटनास्थल तर्फ जादै गरेको इपोहबाट समीर परदेसिले जानकारी दिए । आत्महत्या गरेको ठाउमा कुनैपनि शंकास्पद वस्तु नभेटिएको जानकारीमा आएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij