मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

पर्वत जिल्ला प्रशासन कार्यालयमा स्तनपान कक्ष स्थापना

  • प्रकाशित मिति : आइतवार, चैत्र १७, २०७५



  • पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतले महिला सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राख्दै प्रशासन हाताभित्र स्तनपान कक्षको व्यवस्था गरेको छ।

    पछिल्लो समय लैङ्गिक विषयका मुद्दाहरु महत्वका साथ उठिरहेको बेला जिल्ला प्रशासनले पनि त्यसतर्फ काम गर्न थालेको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए। उनका अनुसार सेवा प्रवाहलाई महिलामैत्री बनाउनका लागि यस्तो व्यवस्था गरिएको हो।

    पछिल्लो समय कार्यालयमा सेवा लिन आउने महिलाको सङ्ख्या बढ्दै जाने र कार्यालयभित्र काम हुँदाहुँदै केही समय कुर्नुपर्ने अवस्थामा सहजरूपमा आफ्ना बालबालिकाको हेरचाह गर्न सकुन् र सुरक्षित स्थानमा स्तनपान गराउन सकुन् भन्ने उेद्दश्यले स्तनपान कक्ष सञ्चालनमा ल्याइएको हो।

    गण्डकी प्रदेश सरकारअन्तर्गत शहरी विकास तथा भवन डिभिजन कार्यालयको झण्डै रु नौ लाखको लागतमा भवन निर्माण गरी स्तनपान कक्ष बनाइएको हो। कार्यालयले ज्येष्ठ नागरिक, फरक क्षमता भएकाहरुका लागि समेत विशेष व्यवस्था गरेको छ, जसले गर्दा उनीहरुको काम छिट्टै सम्पन्न हुन थालेको छ।

    सडकमा फोहर फाल्न निषेध

    स्वच्छ सडक अभियान सञ्चालन गरिरहेको जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतको आयोजनामा सवारीसाधनमा पर्वत जिल्ला फोहर फाल्न निषेधित क्षेत्र लेखिएका स्टिकर टाँसिएको छ।

    समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत कुश्मा नगरपालिका–६ शिवालय चोकमा मध्यपहाडी लोकमार्ग हुँदै सञ्चालन हुने र पर्वतका ग्रामीण क्षेत्रमा सञ्चालन हुने सवारीसाधनमा स्टिकर टाँस्न थालिएको हो।

    शनिबारदेखि औपचारिक रुपमै सफा सडक अभियानका बारेमा सरोकारवाला सबै पक्षलाई जानकारी गराइएको छ। प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले सबै जागरुक भएमा मात्र सफा सडक अभियान सफल बन्ने र सडक पनि सफा रहने बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij