मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

‘मोबाइल एप्स’ बाटै ट्राफिक बत्ती नियन्त्रण

  • प्रकाशित मिति : मङ्लबार, चैत्र १९, २०७५



  • ललितपुर । ललितपुर महानगरपालिकाले ‘मोबाइल एप्स’ बाटै ट्राफिक बत्तीको नियन्त्रण गर्ने प्रविधि शुरु गरेको छ । महानगरपालिकाले आजदेखि जावलाखेलको अल्का चोकमा यो प्रविधिको शुरुआत गरेको हो ।

    महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ट्राफिक प्रहरी कुन्दनकुमार शाहलाई ‘एप्स’ प्रयोगका लागि मोबाइल सेट हस्तान्तरण गरे । यो प्रविधिअनुसार मोबाइल प्रयोग गरेर सवारीको चापअनुसार सडक बत्तीको नियन्त्रण गर्न सकिन्छ । सडकमा हुने सवारी साधनको चापअनुसार ट्राफिक प्रहरीले सडक बत्तीको नियन्त्रण मोबाइलबाटै गर्न सक्ने महानगरपालिकाले जनाएको छ ।

    अल्का अस्पताल चोकमा अहिले परीक्षणका रुपमा मात्रै प्रविधिको शुरुआत भएको नगरप्रमुख चिरीबाबु महर्जनले बताए । उनका अनुसार यसअघि ललितपुर महानगरपालिकाले छ जना ट्राफिक प्रहरीलाई यो प्रविधिको प्रयोगसम्बन्धी तालीमसमेत दिएको थियो । यो प्रविधिको प्रयोगले ट्राफिक व्यवस्थापनमा धेरै सहजता ल्याउने उनले बताए । आगामी दिनमा प्रविधि विस्तार गर्ने महानगरको योजना रहेको छ । उनले भने, “यो परीक्षण सफल भएमा अरू २० स्थानमा समेत प्रविधि विस्तार गर्ने योजना छ ।”

    अल्का चोकमा उग्रचण्डी मन्दिरबाट आउने सडकमा सेन्सर बिछ्याइएको महानगरले जनाएको छ । त्यो ‘सेन्टर’ मा गाडीको चक्का पर्नासाथ बत्ती बल्ने र सोहीअनुसार ट्राफिकले मोबाइलबाटै व्यवस्थापन गर्ने महानगरले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij