मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

शुभ अशुभ कस्तो छ तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल

  • प्रकाशित मिति : बिहिबार, चैत्र २१, २०७५



  • आज मिति २०७५ साल चैत २१ गते । तदनुसार इश्वी सन् २०१९ अप्रिल ४ तारिख । शकसंवत् १९४० । विरोधकृत् संवत्सर । उत्तरायण, वसन्त ऋतु । नेपाल संवत् ११३९ चिल्लागा । चैत्र कृष्णपक्ष, चतुर्दशी, तिथी बिहीबार ।

    मेष

    समय परिस्थिति तपाईको विपरित देखिन्छ । दुर्वुद्धिको शिकार हुने देखिन्छ । दुर्जनहरु पछि लाग्नेछन् । आर्थिक हिनामिना बढि हुनसक्छ । नयाँ क्षेत्रमा लगानी बढाउदा डुब्ने सम्भावना बढि देखिन्छ । परभाव,परबन्धनको सम्भावना देखिन्छ । न्याय पाईने छैन । इच्छा आकाँक्षा मर्ने छन् । घर परिवारका समस्या सँग खेल्नु पर्नेछ ।

    वृष

    पारिवारिक सुखमा वृद्धि हुनेछ । नोकरीमा पदोन्नतिको सम्भावना देखिन्छ । आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापार व्यवासयबाट आम्दानी बढ्नेछ । घरमा मंगलिक कार्य हुन सक्ने कुरालाई नकार्न सकिन्न । राजनैतिक व्यक्तित्व सँगको भेटले उर्जा थपिनेछ । गरेका अधिकाँश काम सफल हुनेछन् । समयको सदुपयोग गर्नु होला ।

    मिथुन

    विगतका समस्या समाधान भएर जानेछन् । सरल तरिकाले काम बन्ने छन् । तपाई प्रति आशा र भरोसा राख्ने धेरै हुनेछन् । सामाजिक उत्तरदायित्व वहन गर्नु पर्ला । चेली वेटीबाट सहयोग पाईनेछ । आर्थिक पक्ष भने दूर्वल रहला । मान सम्मान मिल्न सक्छ । काम गर्ने जोश जागर बढ्नेछ । बोलिको प्रभाव भने कम पर्नेछ ।

    कर्कट

    मानसिक तनाव घट्नेछ । उत्तेजनामा आएर कुनै काम नगर्नु होला । जीवन सगिनी र सन्तानबाट सुख मिल्नेछ । आर्थिक क्षेत्रमा सुधारका संकेत देखिने छन् । धार्मिक काममा अभिरुची बढ्नेछ । अरुको काममा बढि व्यस्त हुदा आफ्ना काम अधुरा रहने छन् । कुनै पनि विषयमा निर्णय लिदा एकपटक सोचेर लिदा राम्रो हुनेछ ।

    सिंह

    सोचाईको विपरित काम हुने छन् । अनावस्यक काम कुरामा टाउको दुखाउनु पर्नेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । अहार विहारमा ध्यान दिनु होला नत्र स्वास्थ्य कामजोर हुनेछ । मुखको अश्वासन धेरैको पाईनेछ तर व्यवहारिक सहयोग कसैको पाईने छैन । अन्तिम चरणमा पुगेका काम पनि रोकिन सक्छन् । विश्वास घट्नेछ ।

    कन्या

    रमाईलो दिन हुनेछ । वैदेशिक कारोवारमा सफलता मिल्नेछ । दामपत्य जीवनमा सुखानूभूति हुनेछ । नोकरी तथा राजनीतिमा नयाँ भूमिकाको खोजी हुनेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । विरोधी कमजोर बन्ने छन् । लोभ मोह बढ्नेछ । थोरै प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । यात्राको सम्भावना पनि देखिन्छ ।

    तुला

    योजना बनाएर अगाडि बढ्नुहोला । राजनैतिक व्यक्तिको विश्वास परेर काम नगर्नु होला वीचमा डुब्न सकिन्छ । सवै आफ्ना र सहयोगी हुने छैनन मन पेट नदिनु होला । संघर्ष नगरि कुनै काम सम्पन्न हुने छैनन । इच्छा आकाँक्षा बढि तथा परिपूर्ति कम हुनेछन् । लक्ष्य प्राप्तिको लागि लामो बाटो हिड्नु छ धैर्यता नतोड्नु होला ।

    वृश्चिक

    आत्मबल कमजोर नगरि काम गर्नुहोला । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । पढाईको विषयलाई लिएर मन चिन्तित हुनसक्छ । व्यापार व्यवसायबाट सामान्य लाभ होला । अरुको भर विश्वासमा परेर काम नगर्नु होला । विदेशको चहाना बढ्नेछ । अतिथि सत्कारमा धन खर्च हुनेछ । वाह्य सम्बन्धमा सुधार आउनेछ ।

    धनु

    पारिवारिक सुख शान्तिमा वृद्धि हुनेछ । साथी भाईबाट व्यवहारिक होइन मुखको मात्र सहयोग पाईनेछ । धन सम्पतिको विषयलाई लिएर मन चिन्तित हुनेछ । राजनैतिक व्यक्तित्वको सहयोग लिएर काम गर्नु होला । व्यापार व्यवसायमा खासै प्रगति हुने छैन । अध्ययन अध्यापन कार्यमा सफलता मिल्नेछ । अल्छिपन त्याग्नु होला ।

    मकर

    शरीरमा भएका विकार फाल्नुहोला र स्वच्छ मनले कार्य क्षेत्रमा प्रवेश गर्नु होला दिन उत्तम रहेकोछ । विगतमा गर्न नसकेका काम पनि गर्न सकिनेछ । वित्तिय क्षेत्रमा सुधार आउनेछ । परिवारको सहयोग लिएर काम गर्नु भयो भने अझ सुनमा सुगन्ध हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । कामका वीचमा विचार परिवर्तन नगर्नु होला ।

    कुम्भ

    राजनैतिक हतियार प्रयोग गरेर दुख दिन सक्छन् सचेत भएर काम गर्नुहोला । आफन्तबाट पराईको व्यवहार हुनसक्छ । इच्छा आकाँक्षा मनमा नै सिमित रहनेछन् । वोली कसैलाई नदिनु होला । प्रयत्न नगरि कुनै काम बन्ने छैनन । आम्दानी खर्चको सन्तुलन कायम राख्न सकिने छैन । विरोधीको संख्या बढ्नेछ । धन नदिनु होला ।

    मिन

    विगतका गल्ती सच्याउने अवसर मिल्नेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । लोभ मोह बढ्नेछ । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्न सक्छ । सन्तान सुख मिल्नेछ । अवसरको पूर्ण सदुपयोग गर्न पछि नपर्नु होला । मुद्धा मामिलामा विजय प्राप्त हुनेछ । काम गर्ने उत्साहा घट्ने छैन । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij