मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, चैत्र २१, २०७५



  • काठमाडौँ । कोटेश्वरमा टिपरको ठक्करबाट आज मोटरसाइकल चालकको मृत्यु भएको छ । कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको बा२ख ६७८२ नं को टिपरको ठक्करबाट बा८३प १७९७ नं का मोटरसाइकल चालक रुपन्देही घर भई हाल कोटेश्वर बस्ने ४३ वर्षीय राजेन्द्रप्रसाद आचार्यको मृत्यु भएको हो ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले टिपरको ठक्करबाट गम्भीर घाइते आचार्यको उपचारका क्रममा सिभिल अस्पताल बानेश्वरमा मृत्यु भएको जानकारी दिए । टिपर चालक धादिङका २७ वर्षीय सोमबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij