मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

विदेशीले गरे नेपाली चियाको प्रशंसा

  • प्रकाशित मिति : बिहिबार, चैत्र २१, २०७५



  • इलाम। नेपाली चियाले अन्तर्राष्ट्रियस्तरमा अहिले पनि राम्रो बजार लिनसकेको छैन। सरकारी पक्षबाट यसमा चासो नदिएको भन्दै उद्यमी र किसानले आरोपसमेत लगाउँदै आएका छन् । तर, विदेशी चिया बिक्रेताले भने नेपाली चियाको प्रशंसा गरेका छन्। उनीहरूले नेपाली चिया प्राङ्गारिक भएको भन्दै यसलाई संसारको सबै देशमा पु¥याउन सकिने बताएका छन्।

    इलाम सदरमुकाममा भएको एक कार्यक्रममा स्वीट्जरल्याण्डका चिया टेस्टिङविज्ञ ल्याकुन्टेसले नेपाली चियाको भविष्य रहेको बताए। उनले नेपालको वातावरणसमेत राम्रो रहेको भन्दै यहाँ चियालाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने औँल्याए। उनले नेपाली चियालाई प्राङ्गरिक रूपमा नै विकास गर्नसक्दा विश्वमा हारालुछ शैलीमा बिक्री हुनसक्ने बताए। तीन वर्षदेखि ल्याकुन्टेसले नेपालको चिया फ्रान्समा बिक्री गर्दै आएका छन्। केन्द्रीय चिया सहकारी सङ्घसँगको समन्वयमा उनले नेपाली चियाको प्रचार गर्ने र बिक्री गरेका हुन्।

    यस्तै, स्वीस नागरिक ओलिवनले संसारका धेरै देशमा नेपालमा यस्तो चिया बन्छ भन्ने थाहा नभएको बताए। उनले नेपाल पनि एक प्राकृतिक हराभरा भएको देश भएकाले चियाले यसको पहिचान दिलाएको बताए। “अरू देशमा कसले कस्तो चिया बनाए भन्नेमा तपाईंहरू चासो नलिनुहोस्”, ओलिवनले भने, “आफ्नो चियाको बजारीकरणमा ध्यान दिनुहोस् ।” उनले नेपाली चिया विश्वकै गुणस्तरीय चिया भएको बताए। चार वर्षदेखि नेपाली चियाको प्रवद्र्धनमा लागेकी ओलिवन नेपाली चिया स्वीट्जरल्याण्डमा समेत बेच्ने गरेका छन्।

    कार्यक्रममा प्रदेशसभा सदस्य काजीमान कागतेले आफू चिया उद्यमी नै रहे पनि विदेशी नागरिकले समेत नेपाली चियाको प्रशंसा गरेकामा हर्षित भएको उल्लेख गरे। उनले प्रदेश नं १ लाई चिया क्षेत्र घोषणा गर्नसमेत प्रदेश लागेको बताए। “हामीले प्रदेशस्तरीय चिया बोर्डसमेत बनाउन खोजेका थियाँै, तर बोर्डचाहिँ केन्द्र सरकारकै मातहतमा हुनुपर्ने प्रावधान छ”, उनले भने, “तर, हामी चियालाई पहिलो प्राथमिकतामा राखेर काम गर्छौँ।”

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij