प्रकाशित मिति : बिहिबार, चैत्र २१, २०७५
एजेन्सी। भनिन्छ साना साना बालबालिकाहरु भगवानका रुप हुन् र उनीहरुको मन पनि निकै सफा हुन्छ। बालबालिकाहरु इनोसेन्ट हुने भएकै कारण होला उनीहरु झुटो कुरा बौल्दैनन्।
आफूले गरेको गल्तीलाई लुकाएर बस्दैछनन्। बरु उल्टै गल्तीलाई स्वीकारेर त्यसलाई सपार्नतर्फ लाग्छन्। यस्तै स्वभाव भएका एक बालक केही दिनदेखि सामाजिक संजालतिर निकै चर्चामा छन्।
उनले गरेको काम देखेर सबैले उनको प्रशंसा समेत गरेका छन्। भारतको मिजोराम राज्यको सायरंगमा बसोबास गर्ने यी बालकले अचानक आफू चढेको साइकलले कुखुराको सानो चल्लालाई कुल्चिदिए। तर त्यसपछि ती बालकले जे गरे त्यो देखेर सबै चकित भएका छन्।
भारतीय संचारमाध्यमहरुमा उल्लेख गरिएअनुसार ती बालकले पछि आफू चढेको साइकलले किचेको त्यो चल्लालाई लिएर उपचारका लागि अस्पताल गए।
अस्पताल जानुअघि ती बालक पैसा लिनका लागि आफ्नो घर गएको बताइएको छ। उनले एक हातमा चल्ला र अर्को हातमा पैसा लिएको तस्विर समेत देख्न सकिन्छ। जुन अहिले निकै भाइरल बनेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij