मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

लागुऔषधसहित तीन पक्राउ

  • प्रकाशित मिति : बिहिबार, चैत्र २१, २०७५



  • हेटौँडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागुऔषध गाँजा तथा अन्य लागुऔषधसहित पक्राउ गरिएका तीन जनालाई आज सार्वजनिक गरेको छ। प्रहरी निरीक्षक पवनकुमार झाको नेतृत्वको प्रहरी टोलीले हेटौँडा–३ को तिनताप्के भन्ने स्थानबाट २१२ किलो गाँजा लोड गरिएको पिकअप गाडीसहित चालक र अर्को एक जनालाई नियन्त्रणमा लिएको जिप्रका मकवानपुरले जनाएको छ।

    पक्राउ पर्नेमा महोत्तरी बर्दिवास ११ बस्ने ३६ वर्षीय पिकअप चालक रामजस यादव र सोही ठाउँ बस्ने १९ वर्षीय उज्ज्वल गुर्मछाने मगर रहेका छन्। प्रहरीका अनुसार उनीहरुले प्लाष्टिकमा बेरेर मनहरीबाट हेटौँडातर्फ ल्याउँदै गरेको ३० वटा पोका बनाएर लुकाएर राखेको अवस्थामा गाँजा फेला परेको हो।

    त्यस्तै प्रतिबन्धित लागुऔषध नाइटोभेट १२७ ट्यबलेट, डाइजेल्याब १० एम्बुल, ब्युनोर्फिन १० एम्पुल र फेनार्गन १० एम्पुलसहित चितवन राप्ती नगरपालिकाका ३७ वर्षीय लक्षबहादुर राई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij