मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

झापाका ३० बाढीपीडितलाई घर

  • प्रकाशित मिति : बिहिबार, चैत्र २१, २०७५



  • बनियानी । झापाको झापा गाउँपालिका–७ जनमघुटुका ३० बाढीपीडितले घर पाएका छन् । गाउँपालिका, सहारा नेपाल र युएन ह्याबिट्याटको सहयोगमा यहाँका विपन्न ३० बाढीपीडितले सुरक्षित घर पाएका हुन् ।

    स्थानीय स्रोतसाधनको प्रयोग गरेर परम्परागत शैलीका घर निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले जानकारी दिए । उनका अनुसार घर निर्माणका लागि गाउँपालिकाले प्रतिघर रु ७५ हजार, सहारा नेपालले प्राविधिक सहयोगसहित रु २५ हजार र युएन ह्याबिट्याटले रू ५० तथा घरधनीको श्रमदान गरी कूल रु एक लाख ५० हजार बराबरको लागतमा घर निर्माण गरिएको हो ।

    नवनिर्मित ३० मध्ये १९ घर सन्थाल घरपरिवारका रहेका छन् । “अझै पनि धेरै बाढीपीडित घरबारविहीन अवस्थामा छन्”, अध्यक्ष शाहले भने, “अन्य सहयोगी संस्थाहरुसँगको सहकार्यमा उहाँहरुको पनि घर निर्माण गरिनेछ, सहयोगी संस्थाहरुलाई सहकार्य गर्न म आग्रह गर्दछु ।”

    सहारा नेपालका कार्यकारी निर्देशक महेन्द्र गिरीले स्थानीय तह र विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा विपन्न घरपरिवारको घर निर्माण गर्दै जाने बताए । सो गाउँपालिकासहित कनकाई नगरपालिका, अर्जुनधारा नगरपालिका, हल्दिबारी र गौरीगञ्ज गाउँपालिकामा सम्बन्धित स्थानीय तह, सहारा नेपाल र युएन ह्याबिट्याटबीचको सहकार्यमा करीब दुई सय घर निर्माण भइरहेको कार्यकारी निर्देशक गिरीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij