लक्षीराम थापा, रोल्पा । रुन्टीगढी ६ डुब्रीङ स्थित नेपाल राष्ट्रिय मा. वि.को ४ कोठे नव निर्मित भवनको आज एक समारोहका बिच प्रदेश सभा सदस्य दिपेन्द्र पुनले उट्घाटन गरेका छन । 
उक्त कार्यक्रमको अध्यक्षता बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तिलक पुन (पृतिपाल), मुख्री अतिथी साम्सद दिपेन्द्र पुन, विशिष्ट अतिथी गाउँपालिका अध्यक्ष बालाराम बुढा, अतिथिहरुमा नेकपा प्रदेश सदस्य गोविन्द पुन, नेपाली काङ्ग्रेस रुन्टीगढीका संयोजक जनक पुन , स्रोत ब्यक्ति कुलराज आचार्य र दामोदर न्यौपाने , रेड्क्रस होलेरीका पूर्व सभापति देवेन्द्र बोहरा लगायत अन्यको उपस्थिति थियो । तत्कालीन जिल्ला शिक्षा कार्यलय रोल्पाको आर्थिक सहयोग ३२00000/-तथा स्थानीय श्रम करिब ८00000/- गरि जम्मा ४000000/- मा निर्माण गरिएको छ । 
अभिभावक तथा विधार्थीको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा यस वर्षको परीक्षाफल समेत प्रकाशित गरिएको छ । कार्यक्रमको सहजीकरण शिक्षक भरत के सी ले र स्वागत भाषण प्र.अ. केशरबहादुर घर्तीले गरेका थिए। विद्यालय सन्चालन तथा भवन निर्माणको रिणको बक्यौता भुक्तान गर्न अतिथी तथा अभिभावकबाट नगद सहयोगको अपेक्षा आयोजकले गरेको गोमा खड्काले बताएकी छिन ।