मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

युवा युवतीको शारिरिक सम्बन्ध राख्ने सहि उमेर कति होला? (पुरा पढ्नुहोस)

  • प्रकाशित मिति : बुधबार, चैत्र २७, २०७५



  • मानिसहरुले शारिरिक सम्बन्ध राख्नु प्राकृतिक प्रक्रिया हो । यदि यो संसारमा यो प्रक्रिया नभएको भए मानव जगतको सृष्टि नै अन्त्य हुन्थ्यो । त्यसैले शारिरिक सम्बन्ध राख्नु कुनै पनि पाप वा अपराध होइन् । तर यौन सम्बन्ध राख्ने भन्दैमा जुनसुकै उमेर समुहमा गर्नु पनि हुदैन् । यदि नबुझी सानै उमेरमा शारिरिक सम्बन्ध राखेमा धेरै नकरात्मक असरहरु पर्न सक्छ । त्यसैले जानी राखौ युवा युवतीले यौन सम्पर्क राख्ने सहि उमेर कति हो ?

    ब्रिटेनमा गरिएको एक अनुसन्धानका अनुसार युवा–युवतीलाई निकै कम उमेरमा यौन सम्बन्ध स्थापित गरेर आफ्नो कुमारित्व गुमाएकोमा निकै अफसोस हुने गरेको पत्ता लगेको छ । त्यस्तै किशोरावस्थामा भएका एक तिहाई बढी महिला र एक चौथाईभन्दा बढी पुरुषले पहिलो पटक यौनसम्बन्ध राख्दा, आफ्नो उमेर सही नभएको स्विकार गरेका छन् । किनभने ब्रिटेनमा यौन सम्बन्धका लागि कानूनी रुपमा १६ वर्ष वा सोभन्दा माथि हुनुपर्छ ।


    नेशनल सर्भे अफ सेक्सुअल एटिट्युड एण्ड लाइफस्टाइल पोलले हालै देशव्यापी रुपमा गरेको सर्वेक्षण अनुसार थुप्रै मानिसहरु यो उमेरमा सम्बन्ध स्थापित गर्नका लागि तयार नहुन पनि सक्छन् । ब्रिटेनमा यौन व्यवहारको एक विस्तृत जानकारी लिन हरेक १० वर्षमा यस्तो सर्वेक्षण हुने गर्दछ ।
    भर्खरै तीन हजार युवायुवतीमाथि सर्वेक्षण गरिएको थियो जुन सन् २०१०–२०१२ मा पुरा भएको थियो ।

    सोही सर्वेक्षण अनुसार
    युवा–युवतीको प्रतिक्रियाबाट पत्ता लागेअनुसार ४० प्रतिशत युवती र २६ प्रतिशत युवकलाई यौनसम्बन्धको उनीहरुको पहिलो अनुभव सही समयमा नभएको बताएका छन् ।
    उनीहरु धेरै जसोलाई अझै केही समय प्रतिक्षा गर्नुपर्ने थियो भन्ने लाग्ने गरेको बताए । केहीले मात्रै कम उमेरमा नै यौन सम्बन्ध स्थापित गर्नुपर्नेमा सहमती जनाए । जहाँ धैरेजसोले १८ वर्षको हुँदा यौनसम्बन्ध स्थापित भएको बताए । आधा जतिले आफू १७ वर्षको हुँदा सम्बन्ध बनाएको बताए भने एक तिहाईले १६ वर्षअघि नै यौनसम्बन्ध बनाएको बताए ।
    त्यसैले यदि तपाई आफु पनि सही उमेरमा यौन सम्बन्ध राख्ने तयारीमा हुनुहुन्छ भने सुरुवातमा आफुलाई बुझनुस । त्यसपछि आफ्नो सही उमेर बुझनुस् अनि मात्र सुरक्षित यौन सम्पर्क राख्नुस् । Source medianp.com

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij