मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सांसदसहित सिआइबीलाई ज्यान मार्ने धम्की दिने दुई जना पक्राउ

  • प्रकाशित मिति : बिहिबार, चैत्र २८, २०७५



  • काठमाडौँ । प्रहरीले सामाजिक सञ्जालका साथै मोबाईल मेसेज र फोनमार्फत धक्की दिई रकम माग गर्ने दुई जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा तिलकदाश पराजुली र प्रदिप रोकाया रहेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगंजको टोलीले हुम्ला सर्केगाड– ७ का १९ वर्षीय प्रदिप रोकायालाई चैत १२ गते टोखाबाट र झापा कचनकवल– ३ पथरियाका २९ वर्षीय तिलकदाश पराजुली चैत २५ गते बालाजुबाट पक्राउ गरेको हो।

    उनीहरुले उनीहरुले झापाबाट निर्वाचित प्रतिनिधि सांसद राजेन्द्र लिङ्देन र सिआईबिसहित विभिन्न मानिहरुलाई धम्की दिएका थिए। उनीहरुले ह्वाट्सएप मेसेज, मोबाईल मेसेज र फोनसमेत गरि रकम माग गर्ने गरेका थिए। अनुसन्धानका क्रममा उनीहरुले माग गरेको रकम नदिएमा गोप्य भिडियो बनाई वेईज्जत गरिदिने र ज्यान मार्ने धम्कीसमेत दिँदै आएको खुल्न आएको प्रहरीले जनाएको छ।

    उनीहरुले धम्की दिने बेलामा स्पष्ट नेपाली र हिन्दी भाषा नबोली मिश्रित भाषा प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ।

    धम्की दिन प्रयो गरेको उनीहरुको उक्त सिमकार्ड चैत २ गते डीजे ईन्टरनेशनल सामाखुशिबाट लिएका थिए। उक्त डीजे ईन्टरनेशनलले सो सिम परि पक्राउ गरेका पराजुलीलाई दिएको अनुसन्धानमा खुल्न आएको छ। आजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij