मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

बलात्कार आरोपमा बाबु पक्राउ

  • प्रकाशित मिति : बिहिबार, चैत्र २८, २०७५



  • चितवन — छोरीलाई बलात्कार गरेको आरोप लागेका एकजनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । पूर्वी चितवन खैरहनीकी एक युवतीले आफू बुवाबाटै पटक-पटक बलात्कृत भएको भन्दै सोमबार प्रहरीमा उजुरी दिएकी थिइन् ।

    उजुरीपछि उनका बुवा फरार थिए। बुधबार राति आरोपितलाई नुवाकोटबाट पक्राउ गरेर चितवन ल्याएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी दुर्गाराज रेग्मीले बताए।

    उनलाई नुवाकोटको बेलकोट-७ मा बुधबार बिहान ११ बजे समातेको डिएपी रेग्मीले बताए। ‘प्रहरीमा २५ गते उजुरी परेको हो। जसमा २१ गते आफूलाई दुब्र्यवहार गरेको निवेदकले उल्लेख गरेकी छन्। त्योभन्दा अघि पनि त्यस्ता घटनाहरु हुने गरेको उनको भानइ छ’ डिएसपी रेग्मीले भने। छोरीको उमेर १६ वर्षको छ। घरमा आमा नभएका बेलामा यस्तो घटना भएको प्रहरीको भानइ छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij