मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

नेपालमा कृत्रिम यौनाङ्ग (सेक्स टोय) को बिक्रि बढ्दै, कति पर्छ त मूल्य? कहाँ कहाँ किन्न पाइन्छ??

  • प्रकाशित मिति : शुक्रबार, चैत्र २९, २०७५



  • कृत्रिम यौनाङ्ग सेक्स टोय हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र पुरुषको लागि महिलाको भेजिना आवश्यक हुन्छ । पुरुषले प्रयोग गर्ने सेक्स टोयमा २५ सयदेखि २५ हजार सम्मका छन् । त्यसैगरि महिलाले प्रयोग गर्नेलिङ्ग २५ सयदेखि ७५ सय रुपैंयाँ सम्मका छन् । खासगरी व्यस्त मानिसहरुका परिवारहरुबीच लामो समय सम्मयौन सम्पर्क हुन पाउँदैन भने लामो समय विदेश गएर बस्नेहरुका श्रीमान श्रीमती पनि यौन समागमबाट टाढा हुन्छन् ।

    त्यसैले त्यस्ता मानिसहरुलेसेक्सटोयहरुको प्रयोग गर्ने गर्दछन् । नेपालमा बैदेशिक रोजगारका लागि अधिकांश नेपालीहरु विदेशिनुपर्ने बाध्यता छ । यसले गर्दा परिवारबीच लामो समय भेट हुँदैन । लामो समय एकल बस्नु पर्दा मानिसले अनैतिक सम्बन्ध राख्ने पनि हुन्छन्, त्यसको लागि यस्तासेक्स टोयको प्रयोगले अनैतिक सम्बन्ध राख्नबाट बचाउँने यौनस्वाथ्य सम्बन्धका चिकित्सकहरु बताउँछन् ।
    समाजमा त्यही अनैतिक सम्बन्ध कायम नहोस् भन्नको लागि नै यीसेक्सटोयहरुको उत्पादन भएको होकण्डम हाउसका सञ्चालक न्यौपाने भन्छन्– ‘यसको सहि रुपमा प्रयोग गर्दा यसले कुनै नकारात्मक असर पर्छ जस्तो लाग्दैन् ।

    कति हुन्छ खपत, कस्ता हुन्छन् सेक्स टोय:

    काठमाडौंमा पाँचवटा सेक्स टोयका पसल छन् । तर, उनीहरूले सेक्स टोयको मात्र व्यापारचाहिँ गर्दैनन् । उनीहरूले यौनसम्पर्कका लागि अन्य अस्थायी साधनको सँगै व्यापार गर्ने गर्दछन् । कन्डम हाउसको मात्र काठमाडौंमा तीनवटा शाखा छन् । गोंगबु, चाबहिल र सुन्धारा । केही समयअघि काठमाडौंमा स्विट सेक्रेट नामक सेक्स टोयको व्यापार गरे पनि पछिल्लो समय उक्त पसल बन्द भइसकेको छ ।

    काठमाडौंमा दैनिक औसत ८/९ वटाको दरले सेक्स टोयको व्यापार हुने गरेको छ । व्यवसायी भने सेक्स टोयको उत्साहप्रद व्यापारचाहिँ नभएको बताउँछन् । तीनदेखि ६ हजार रुपैयाँसम्मको सेक्स टोय अत्यधिक बिक्री हुने व्यवसायी बताउँछन् । देशभर भने नौवटाभन्दा बढी सेक्स टोयका पसल छन् । स्वचालित पेनिसदेखि स्तन, भेजिना मसाजरको सामग्रीलगायतका यौन सामग्री नेपालमा उपलब्ध छ । काठमाडौंमा पछिल्लो समय फुल बडीको सेक्स टोय उपलब्ध नभए पनि पोखरामा भने उपलब्ध छ । युवराज भन्छन्, ‘हामीले सबै प्रकारका सेक्स टोय राखेका थियौँ । तर, त्यस्ता प्रकृतिको सेक्स टोय बिक्री नभएपछि अहिले हामीकहाँ छैन ।’ काठमाडौंमा ११ सयदेखि १२–१३ हजार मूल्यसम्मका सेक्स खेलौना उपलब्ध छन् ।

    कहाँबाट आउँछ सेक्स टोय ?

    नेपालमा कन्डम हाउसले होलसेलमा सेक्स टोय बिक्री गर्दै आएको छ । कन्डम हाउसबाटै काठमाडौंबाहिर पनि सेक्स टोय जाने गरेको छ । नेपालमा चीन, थाइल्यान्ड, जापान, मलेसिया र कोरियाबाट सेक्स टोय ल्याउने गरिन्छ ।

    अनलाइनबाट पनि किनमेल:

    अनलाइन बिजनेस मेरो सपिङले तीन वर्षदेखि सेक्स टोयको व्यापार गर्दै आएको छ । मेरो सपिङ पनि पुरुषको तुलनामा महिलाका लागि दोब्बर संख्यामा सेक्स टोय बिक्री हुने बताउँछ । मेरो सपिङमा भने अत्यधिक मात्रामा टिन एजर्सले सेक्स टोयको माग गर्ने गर्छन् । तर, उनीहरूले आफ्नो परिचय भने राम्रोसँग नखुलाउने गरेको सञ्चालक बताउँछन् । भाइवर, फेसबुक म्यासेन्जरमार्फत पेनिस, टाइटेनिङ जेललगायतका सामग्री मगाउने गर्दछन् । तर, अनलाइनमा यस्ता सामान मगाउनेले आफ्नो नाम सत्य नबताउने मेरो सपिङका सञ्चालक बताउँछन् । भन्छन्, ‘उहाँहरूले साथी वा आफन्तलाई चाहिएको उल्लेख गर्नुहुन्छ र आफ्नो नाम पनि बताउनुहुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij