मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

राती ब्रा नलगाई सुत्नुहोस् र सुन्दर हुनुहोस्

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक १२, २०७३



  • चौबीसै घण्टा ब्रा लगाउँदा तपाईंको स्वास्थ्यमा कस्तो समस्या निम्तिन्छ भन्ने बारे तपाईं जानकार हुनुहुन्छ होला । तर तपाईंलाई सुन्दा अचम्म लाग्ला कि स्वास्थ्यका साथै सुन्दरताको लागि पनि ब्रा बाधक बन्ने गर्दछ अफिसमा वा बाहिर हुँदा तपाईं ब्रा नलगाई जान सक्नुहुन्न तर राती सुत्दा यसलाई फुकाल्न नबिर्सिनुहोस् । यस्तो गर्दा तपाईंको छालालाई निकै फाइदा पुग्छ । आउनुहोस्, ब्रा बिना सुत्दा छालालाई हुने फाइदाबारे जानकारी लिऔं ।

    स्वस्थ र डण्डीफोररहित छालाः
    हाम्रो शरिरको संचार प्रणालीको एउटा भाग हो lymphatic system । यसमा रहेको lymp fluid  ले ह्वाइट ब्लड सेल्सलाई संचारित गर्न मद्दत गर्दछ र छालालाई इन्फेक्सनबाट बचाउँछ । यसका साथै यो फ्लुड छालामा रहेको टक्सिन, अत्यधिक हर्मोन र फोहोर निकाल्न मद्दत गर्दछ । यसरी यो छालाको प्वाललाई बन्द हुन बचाएर डण्डीफोर र ब्ल्याकहेडको समस्याबाट छुटकारा दिलाउँछ । जब तपाईं ब्रा नलगाइ सुत्नुहुन्छ भने स्तनमा यो फ्लुडको संचार राम्रो तरिकाले हुन्छ जसले छाला स्वस्थ रहन सहयोग गर्दछ ।

    डार्क सर्कलबाट छुटकाराः
    ब्रा फिटिङ र इल्यास्टिकयुक्त हुने भएकाले तपाईं आरामसँग सुत्न पाउनुहुन्न । त्यसकारण तपाईं पटक–पटक निन्द्रामा ब्यूझनुहुन्छ । यस्तै गरी जब तपाईं बिना ब्रा सुत्नुहुन्छ तब तपाईं निकै गहिरो निन्द्रामा पर्नुहुन्छ । गहिरो निन्द्राको अर्थ तपाईं डार्क सर्कलबाट मुक्त हुनु हो ।

    स्किन ड्यामेज रिपेयरमा हुँदैन रोकावटः
    राती जब तपाईं सुत्नुहुन्छ तब पूरा दिन तपाईंको शरिरमा भएको नोक्सानीको भरपाई हुन्छ । अर्थात, राती शरिरमा शेल रिजेनेरेसन र क्लेजन प्राडक्सनको काम हुन्छ । यस्तोमा जब तपाईं बिना ब्रा सुत्नुहुन्छ तब तपाईंको शरिरले मज्जाले सास लिन पाउँछ । यसले तपाईंको शरिरलाई अक्सिजनको भरपुर मात्रा पुर्याउन मद्दत गर्दछ जसले अन्ततः छाला स्वस्थ बनाउँछ ।

    अनुहारमा ग्लो आउँछः
    ब्रा नलगाई सुत्दा शरिरमा रक्त संचार राम्ररी हुन पाउँछ । ब्रा लगाएर सुत्नुहुन्छ भने यसो हुन पाउँदैन । जब रक्त संचार राम्रो तरिकाले हुन्छ तब हाम्रो शरिरमा पर्याप्त मात्रामा अक्सिजनको प्रवाह हुन्छ जसले छालालाई चम्किलो बनाउन मद्दत गर्दछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij