मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

९० वर्षको अतिदुर्लभ प्रजातिको पोथी कछुवाको मृत्यु, कृत्रिम गर्भाधारण प्रयास असफल

  • प्रकाशित मिति : मङ्लबार, बैशाख ३, २०७६



  • काठमाडौँ । चीनमा विश्वका अतिदुर्लभ मानिने नरम खपटा भएको एउटा याङ्त्सी कछुवाको मृत्यु भएको छ। सो पोथी कछुवा मरेपछि अब संसारमा सो प्रजातिका तीनवटा कछुवा मात्र बाँकी छन्।

    सो कछुवालाई दक्षिणी चीनस्थित सुजो चिडियाखानामा राखिएको थियो। विज्ञहरूले ९० वर्षको सो कछुवा मर्नुभन्दा केही समयअघि मात्रै पाँचौँ पटक कृत्रिम रूपमा गर्भाधारण गराउने प्रयास गरेका थिए।

    अरू कहाँ छन् ?

    कछुवाको सो प्रजाति माछा तथा कछुवाको सिकार र वासस्थानको अतिक्रमणबाट प्रभावित हुँदै आएको छ। उक्त प्रजातिको एक वर्षभन्दा बढी उमेर ठानिएको एउटा भाले कछुवा चिनियाँ चिडियाखानामा छ भने बाँकी दुइटा भियतनामको जङ्गलमा छन्।

    ती दुइटा कछुवाको लिङ्ग छुट्याउन सकिएको छैन। स्थानीय कर्मचारी र अन्तर्राष्ट्रिय विज्ञहरूले शनिवार अपराह्न उक्त पोथी कछुवाको मृत्यु हुनुभन्दा २४ घण्टाअघि कृत्रिम रूपमा गर्भाधारण गराउने प्रयास गरेका थिए। उनीहरूका अनुसार शल्यक्रियाका कारण उक्त कछुवामा कुनै समस्या देखिएको थिएन र शल्यक्रियापछि उसको स्वास्थ्य अवस्था ठिक नै थियो।

    जीवित बाँकी रहेको भाले याङ्त्सी कछुवा

    तर शल्यक्रिया गरिएको भोलिपल्ट स्वास्थ्य अवस्था खस्कियो। उक्त पोथी कछुवाको मृत्यु हुनुको कारणबारे अनुसन्धान भइरहेको छ र भविष्यमा अनुसन्धानका लागि त्यसको गर्भाशयको छाला सङ्कलन गरिएको छ। बीबीसी

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij