मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

यात्रुलाई असुविधा पर्ने भएकाले संचारमन्त्रीलाई पर्खन सकिएनः बुद्ध एयर

  • प्रकाशित मिति : बुधबार, बैशाख ४, २०७६



  • काठमाडौं– सञ्चारमन्त्री गोकुल बाँस्कोटा र बुद्ध एयरबीच आरोप/प्रत्यारोप भएको छ।भैरहवाबाट काठमाडौं आउन सोमबार विमानस्थलनजिकै रहेका सञ्चारमन्त्री बाँस्कोटालाई बुद्ध एयरले नल्याएपछि मन्त्री र एयरबीच आरोप/प्रत्यारोप भएको हो।मन्त्री बाँस्कोटाले आफूलाई बुद्ध एयरले काठमाडौं नल्याएको भन्दै प्रेस चौतारी र प्रेस सेन्टर रुपन्देहीले मंगलबार मणिग्राममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा आरोप लगाएपछि बुद्धले उक्त आरोपको खण्डन गरेको छ।प्यूठानको गौमुखी गाउँपालि कामा मिडिया सम्मेलनमा सहभागी हुन गएका मन्त्री बाँस्कोटाले बुद्ध एयरको टिकट समेत लिइसकेको अवस्थामा बुद्ध एयरले छोडेको पत्रकार सम्मेलनमा लगाएका थिए।

    तर बुद्ध एयरले मंगलबार नै विज्ञप्तिमार्फत सञ्चारमन्त्रीको आरोपको खण्डन गरेको हो। बुद्धले काठमाडौं विमानस्थलको मर्मत र मौसमको खराबीको कारण ७ बजे उडेर भैरहवामा ७ बजेर ३२ मिनेटमा अवतरण गर्नुपरेको जनाउँदै मन्त्री र उनको टोली सोमबारको उक्त उडानबाट नजाने र भोलि अर्थात् आज मंगलबार मात्रै जाने भनेकाले तुरुन्तै यात्रु भरेर फर्किनुपरेको उल्लेख गरेको छ।उसले विमानस्थलमा यात्रु भरेर उडानको तयारी गरिसक्दा पुनः सहायक प्रमुख जिल्ला अधिकारीले उडान रोक्न भने पनि मौसमी कारणले मन्त्रीलाई कुर्न नसकेको जनाएको छ।

    बुद्धका अनसार विमानस्थल नजिकै रहेको भनिएको होटल टाइगर प्यालेसबाट २०/२५ मिनेट लाग्नसक्थ्यो तर त्यति समय कुर्दा मौसमको कारण उडान नै रद्द गर्नुपर्ने अवस्था आउने र ६८ जना यात्रुलाई असुविधा पर्ने भएकाले व्यवस्थापनको निर्णयअनुसार नै काठ माडौं उडान गर्नुपरेको हो।तर मन्त्री बाँस्कोटाले भने बुद्ध एयरले आफूलाई अलपत्र पारेको आरोप लगाएका थिए। पूर्वजानकारीविनै लुम्बिनीजस्तो पर्यटकीय स्थानमा बुद्धले आफूलाई अलपत्र पारेको उनको आरोप थियो।बुद्धले सोमबार राति ८ बजे भैरहवाबाट उडान भरेर ८ः४९ मा काठमाडौंमा अवतरण गरेको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij