मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

‘एक्सन रूम’ जेठबाट सञ्चालनमा

  • प्रकाशित मिति : बिहिबार, बैशाख ५, २०७६



  • काठमाडौँ। प्रत्यक्ष अवलोकनमार्फत् विकास आयोजनालाई थप तीव्रता दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निर्माणाधीन ‘एक्सन रूम’ जेठको अन्तिम साताबाट सञ्चालनमा आउने भएको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको भुईं तल्लामा अहिले अत्याधुनिक प्रविधिसहितको ‘एक्सन रुम’ निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। त्यसको लागत चार करोड ३५ लाख रुपियाँ रहेको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले नयाँ व्यवस्थाले काम गर्न सजिलो बनाउने विश्वास व्यक्त गरे। उनका अनुसार राष्ट्रिय गौरवका आयोजना लगायतका विकास आयोजनाको अवलोकन तथा सातवटै प्रदेशका मुख्यमन्त्रीसँग संवाद, छलफल तथा समन्वय गर्ने उद्देश्यसहित प्रधानमन्त्री कार्यालयमा निर्माणाधीन ‘एक्सन रुम’ जेठको अन्तिम साताबाट सञ्चालनमा आउने जानकारी दिए।

    प्रवक्ता कुँवरले भने, “निर्माणपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एक्सन रुम’ बाट नै राष्ट्रिय गौरवलगायत मुलुकका विकास आयोजनाको प्रत्यक्ष अवलोकन, निगरानी गर्न सक्नुहुने छ।’’ उनले थपे, ‘‘टेलिप्रिजेन्ट सिस्टम’ मार्फत मुख्यमन्त्रीहरूसँग प्रत्यक्ष बैठक गर्न सक्नु हुुनेछ, यसका लागि प्रधानमन्त्री कार्यालयमा ‘भिडियो कन्फरेन्स’ प्रणाली समेत निर्माण भइरहेको छ।”

    ‘एक्सन रुम’ को सञ्चालनसँगै मुलुकका विकास आयोजनाले थप गति लिनुका साथै कुनै विषयमा प्रधानमन्त्रीसँग छलफल गर्नका लागि मुख्यमन्त्री काठमाडौँ आउनुपर्ने वाध्यताको अन्त्य हुने जानकारी दिइएको छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि विज्ञ अस्गर अलीले प्रधानमन्त्रीद्वारा गरिने अनुगमन र अवलोकनलाई थप सहज, सरल र प्रभावकारी बनाउने उद्देश्यसहित सञ्चालनमा ल्याउन लागिएको ‘एक्सन रुम’ मार्फत पहिलो चरणमा राष्ट्रिय गौरवका ११ वटा आयोजनामा सीसीक्यमेरा जडान गरी अनुगमन गरिने जानकारी दिए।

    पहिलो चरणमा काठमाडौँ–तराई दु्रतमार्ग, मध्य–पहाडी (पुष्पलाल) राजमार्ग, हुलाकी राजमार्ग, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, राष्ट्रपति चुरे तराई मधेस भावर संरक्षण, मेलम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, भेरी–बबई डाइभर्सन, सिक्टा सिँचाइ आयोजना, रानी–जमरा सिँचाइ आयोजनामा क्यामेरा जडान गरी प्रधानमन्त्रीबाट त्यसको अवलोकन गरिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

    क्यामेरा जडानपछि ‘एक्सन रुम’ बाट सहज किसिमले तिनीहरूको दृश्यावलोकन गर्न सकिने उनले बताए। आयोजना स्थलमा जडान गरिएको ‘आईपी क्यामेरा’ को नेटवर्किङ एक्सन रुमसँग गरिने उनले बताए। उनले ‘एक्सन रुम’ निर्माणको काम ३० प्रतिशत सम्पन्न भइसकेको जानकारी दिए।

    पहिलो चरणको कामको मूल्याङ्कन र प्रभावकारिताको आधारमा अरु थप विकास आयोजनाको अवलोकनको व्यवस्था मिलाइने जानकारी सूचना प्रविधि विज्ञ अलीले दिए।

    प्रधानमन्त्री कार्यालयका अनुसार, ‘एक्सन रुम’ मा तीन/तीनवटा टेलिभिजन, टेलिप्रिजेन्ट क्यामेरा र माइक (स्पिकर) जडान गरिनेछ। त्यसैगरी, प्रदेश मुख्यमन्त्रीको कार्यालयमा निर्माण गरिने ‘भिडियो कन्फरेन्स रुम’ मा एक/एक वटा टेलिभिजन, क्यामेरा, माइक र डाटा ट्रान्सफर जडान गरिने छ। गाेरखापत्र दैनिक

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij