प्रकाशित मिति : शनिबार, कार्तिक १३, २०७३
काठमाडौ । रेनोल्टको आधिकारिक बितरक एडभान्स अटोमोबाईलले रेनोल्ट क्यास टिभलको आयोजना गरेको छ । दशैं तथा तिहारको अवसरमा ल्याइएको यो कार्यक्रममा रेनोल्ट ब्राण्डसँग सम्बन्धित विभिन्न रोचक अफर प्रस्तुत गरिएको छ ।
एडभान्स अटो मोबाईलले यो अफरमा काठमाडौँको भाटभटेनी सुपरमार्केटका कोटेश्वर र महाराजगन्जका आउटलेटमा ‘रेनोल्ट क्विड’ कार प्रदर्शनीमा राखेको छ । रेनोल्ट ब्राण्डको बारेमा जानकारी दिन यो कार्यक्रम आयोजित गरिएको जनाइएको छ । कार्तिक ११ देखि सुरु भएको कार्यक्रम कार्तिक १३ गतेसम्म चल्ने छ ।
रेनोल्ट क्यासटिभल अफर मार्फत रेनोल्ट कार खरिद गर्न चाहने ग्राहकले यो अवधिभर ९० हजार रुपैयाँ सम्म क्यास डिस्काउण्ट प्राप्त गर्न सक्ने छन् । क्यास डिस्काउण्ट को अतिरिक्त ग्राहकले १० हजारको एक्सेसरीज पनि प्राप्त गर्न सक्नेछन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij