मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

हावाहुरीले सगरमाथाको माथिल्ला क्याम्पका टेन्ट उडायो, ‘आरोहीहरू सुरक्षित’

  • प्रकाशित मिति : शनिबार, बैशाख २१, २०७६



  • काठमाडौँ । सगरमाथा आरोहणको याम चलिरहँदा आएको हावाहुरीले सर्वोच्च शिखरका माथिल्ला दुई शिविरमा बनाइएका टेन्टहरू उडाएको अधिकारीहरूले बताएका छन्।

    फानी र पश्चिमी वायुको असरका कारण बिहीवार बेलुका र शुक्रवार बिहान हुरी चलेको थियो। हुरीले क्याम्प टू र क्याम्प थ्रीमा रहेका झन्डै डेढ दर्जन टेन्ट उडाएको थियो।

    थप केही दिन हावाहुरी र वर्षाको पूर्वानुमान गरिएकाले पर्वतारोहण गर्न गएकाहरूलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको पर्यटन विभागकी पर्वतारोहण हेर्ने निर्देशक मीरा आचार्यले बताइन्।

    “हामीले अत्यन्त जरुरी सूचनाका रूपमा सम्बन्धित क्षेत्रमा पत्राचार गरिसकेका छौँ। अहिले माथिल्ला क्याम्पबाट आधार शिविर झर्ने क्रम चलिरहेको छ।”

    ‘आरोहीहरू सुरक्षित’

    क्याम्प टूमा हुरीले केही टेन्ट उडाए पनि कुनै मानवीय क्षति नभएको अधिकारीहरू बताउँछन्। झन्डै छ हजार चार सय मिटरको उचाइमा रहेको क्याम्प टूमा शिखरतिर जाँदा चाहिने खाद्यान्न, अक्सिजनका सिलिन्डर र अन्य बन्दोबस्तीका सामान भण्डारण गरिएको हुन्छ।

    “क्याम्प टूमा भान्छाका सामानसमेत भएका ठूल्ठूला टेन्टहरू उडाएको खबर छ,” हाल नाम्चे बजारमा रहेका नेपाल सरकारका एक सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए।

    “त्यस माथिको क्याम्प थ्रीका पालमा समेत असर देखिए पनि त्यहाँ आरोहीहरू भने जाने क्रममा मात्र थिए।” माथिल्ला क्याम्पमा हिउँमाथि नै टेन्ट राखिने हुँदा ती धेरैजसो ढुङ्गाले थिचेर राख्ने गरिएको आरोहीहरू बताउँछन्।

    शुक्रवार बिहान क्याम्प टूबाट आधार शिविर झरेका आरोही चतुर तामाङ भन्छन्, “आरोहीहरू स-सना टेन्टमा बस्ने हुँदा उनीहरूलाई असर परेन। तर खाली टेन्टहरू भने हावाले उडायो।”

    आधार शिविरमा भने हावाहुरीको कुनै असर परेको छैन। माथिल्ला शिविर र आधार शिविर बीचमा बरफका अस्थिर ढिक्का भएको खुम्बु आइसफल हुँदै आउजाउ गर्नुपर्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij