प्रकाशित मिति : आइतवार, बैशाख २२, २०७६
जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिकामा रहेको भैरव माध्यामिक विद्यालयका नराकोटका न्यून दृष्टि भएका विद्यार्थीलाई सेतोछडी १० थान, टचिङ क्याल्कुलेटर तीन थान र एयाम्पी थ्री सात थान वितरण गरिएको छ।
हेरविचार केन्द्र सुर्खेतको आर्थिक सहयोगमा भैरव माध्यामिक विद्यालय नराकोटमा अध्ययनरत १० न्यून दृष्टि भएका विद्यार्थीलाई सामान वितरण गरिएको हेरविचार केन्द्र सुर्खेतका केन्द्र प्रमुख जीवनकुमार शाक्यले जानकारी दिए।
साथै ६५ छात्रालाई सेनेटरी प्याड वितरण गरिएको केन्द्रका सचिव शोभना खड्काले जानकारी दिएका छन्। यता विद्यालयका प्रध्यानाध्यापक मानबहादुर रोकायाले दृष्टिविहीन विद्यार्थीलाई विभिन्न प्रकारका सामग्री वितरण गरेर विद्यालयलाई ठूलो गुन लगाएको बताए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij