मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

त्रिशुलीमा जथाभावी नदीजन्य पदार्थ उत्खनन गर्दा जलयात्रा सङ्कटमा

  • प्रकाशित मिति : आइतवार, बैशाख २२, २०७६



  • चितवन । त्रिशूली नदीमा जथाभावी नदीजन्य पदार्थ उत्खननले गर्दा जलयात्रा व्यवसाय सङ्कटमा परेको छ। नदीभित्रै मेसिन प्रयोग गरेर ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्दा जलयात्रा व्यवसाय सङ्कटमा परेका हुन्।

    लामो समदेखि जलयात्रा व्यवसाय गर्दै आउनुभएका एडभेन्चर रिभर ट्रेलका कमल ठकुरीले नदीमा जथाभावी नदीजन्य पदार्थ उत्खनन र नदीमा फोहर फ्याँक्ने गरेका कारण जलयात्रा व्यवसाय सङ्कटमा परेको बताए।

    उनले भने, “त्रिशूली नदीमा नदीजन्य पदार्थ उत्खनननले गर्दा बाह्रै महीना धमिलो हुने गरेको छ, नदीभित्रै मेसिन प्रयोग गरिन्छ, जसले धार परिवर्तन भई नदीको सौंन्दर्य घट्ने र जलयात्राका लागि खतरा बढ्छ।

    बजारबाट निस्कने फोहर सिधै त्रिशूलीमा फ्याँक्ने गरिन्छ, विदेशी पर्यटक फोहर देखेपछि जलयात्रा गर्न रुचाउँदैनन्।” ठकुरीका अनुसार त्रिशूली नदीमा जलयात्रा गर्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ।

    नौ वर्षदेखि जलयात्रा गाइडको काम गर्दै आउनुभएका चितवनको इच्छाकामनाका मिलन गुरुङ पनि जथाभावी उत्खनन र फोहर फ्याँक्ने गर्दा त्रिशूली नदीमा जलयात्रा व्यवसाय सङ्कटमा परेको बताउँछन्।

    जलयात्रासँग सम्बन्धित विभिन्न सङ्घसंस्था र व्यवसायीले कहीलेकाहीँ गर्ने सरसफाइले मात्र नदी सफा नहुनेको उनको भनाइ छ। पृथ्वीराजमार्ग आसपास रहेका बजारबाट निस्कने फोहर दैनिक त्रिशूली नदीमा फ्याँक्ने गरिएको छ।

    नेपालका करीब छ हजार नदीनालामध्ये त्रिशूली, भोटेकोशी, कर्णाली, कालीगण्डकी, सुनकोशी, अरुण, तमोरलगायतका १६ नदीमा साहसिक जलयात्राका लागि खुला गरिएको छ।

    त्रिशूली नदी काठमाडौँ उपत्यका, पोखरा, चितवनलगायतका पर्यटकीय क्षेत्रबाट पनि नजिक दूरी रहेकाले जलयात्राका लागि निकै लोकप्रिय मानिन्छ।

    व्यवसायी कमल ठकुरीका अनुसार त्रिशूली नदीको मध्यभाग धादिङको बेनीघाट रोराङ गाउँपालिका चारौँदीदेखि चितवनको इच्छाकामनास्थित कुरिनटारसम्म जलयात्राका लागि उत्कृष्ट रहेको छ।

    सरकारले भ्रमण वर्ष २०२० लाई लक्षित गरेर सय पर्यटकीय स्थानमध्ये त्रिशूली नदीलाई पनि समेटेको छ। गर्मी मौसम शुरु भएसँगै त्रिशूली नदीमा वर्षेनी लाखौँ स्वदेशी तथा विदेशी पर्यटकले जलयात्रा गर्छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij