मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

यसरी मनाईयो काठमाडौंमा एन्फा दिवस

  • प्रकाशित मिति : आइतवार, बैशाख २२, २०७६



  • काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले बिबिध विधाका खेलाडीहरुलाई सम्मान गर्दै एन्फा दिवस मनाएको छ।

    आइतबार काठमाडौँमा भएको कार्यक्रममा उदयमान खेलाडी, उत्कृष्ट रेफ्री, अन्तराष्ट्रिय स्तरमा खेल्ने उत्कृष्ट फुटबल खेलाडी, लाइभ टाईम एचिभमेन्ट अवार्डजस्ता सम्मान वितरण गरिएको थियो।

    यो बर्षको उदयमान खेलाडीको अवार्ड अभिषेक रिजाल र मञ्जली कुमार योञ्जले प्राप्त गरे भने लाइभ टाईम एचिभभमेन्ट अवार्डबाट भागिरथ आले सम्मानित भए। घरेलु फुटबलमा प्रभावशाली प्रदर्शन गर्दै आएका अभिषेक र मञ्जलीले वर्षको उदयमान खेलाडी अवार्ड प्राप्त गरेका हुन्।

    प्रशिक्षक भागिरथ आलेले राष्ट्रिय फुटबल टिमबाट खेल्ने धेरै खेलाडीलाई प्रशिक्षण दिएका छन्। यस्तै वर्षको उत्कृष्ट पुरुष रेफ्रीबाट लव खत्री र महिला रेफ्रीमा अस्मिता मानन्धनले अवार्ड प्राप्त गरे। वर्ष उत्कृष्ट प्रशिक्षकमा हरी खड्काले अवार्ड थापे।

    उनकै नेतृत्वमा नेपालले महिला साफमा फाइनल सम्म पुगेको थियो। अन्तराष्ट्रिय जगतमा खेल्ने उत्कृष्ट फुटबल खेलाडीहरु रोहित चन्द र किरणकुमार चेम्जोङपनि सम्मानित भएका छन्। रोहितले इन्डोनेशियाको पर्सिजा जार्काता र किरणले माल्दिभ्सको टिसी स्पोर्टसबाट व्यवसायीक फुटबल खेलिरहेका छन् छन्।

    यस्तै फुटबलमा विशेष योगदान गरे बापत पुरुष खेलाडी अवार्डबाट जुमानु राई र महिला खेलाडीबाट अनु लामा पनि सम्मानित भए। अबदेखि एन्फाले हरेक वर्ष जेठ २२ गते एन्फा डे मनाउने भएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij