मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

भृकुटीमण्डपमा लाग्ने नेपाली जुत्ता–चप्पल मेला अब सधैंका लागि बन्द

  • प्रकाशित मिति : आइतवार, बैशाख २२, २०७६



  • काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित् सानो चौरमा अब्यवस्थित रुपमा सञ्चालन हुँदै आएको नेपाली जुत्ता चप्पल तथा फुटवेयर वस्तुहरुको ‘सेल–मेला’ आजबाट सधैंका लागि बन्द हुने भएको छ।

    आइतवार रिपोर्टर्स क्लब नेपालमा स्वदेशी ‘जुत्ता–चप्पल’ उद्योगीहरुले गरेको पत्रकार सम्मेलनमा उत्पादन भएका जुत्ता चप्पलहरुलाई कसरी लोकप्रिय बनाउने भन्ने सम्पूर्ण उद्योगीहरुको योजनाअनुरुप अब उप्रान्त सेल–मेला नलाग्नेबारे निर्णय भएको आयोजकले जानकारी गराएको छ।

    कार्यक्रममा बोल्दै फुटवेयर म्यानुफ्याक्चर्स एशोसियसन नेपालका अध्यक्ष श्रीकृष्ण फुयाँलले नयाँ कामको सुरुवात गर्नकै लागि यो मेलालाई बन्द गर्नुपरेको जानकारी गराएका छन्।

    सामुहिक प्रतिबद्धताअनुरुप उक्त स्थानमा सञ्चालन हुँदै आएको मेलालाई बन्द गर्न आफुहरु तयार भएको उनको भनाई थियो।

    अहिले सञ्चालनमा रहेको उक्त मेलालाई आफ्ना तीनवटै संगठनको योजनाअनुसार आउने चूनौतीहरुको सामना गर्ने सहमतिअनुरुप यो कार्य गरिएको उनले बताए। व्यापारी तथा उपभोक्ताहरुको मागलाई सम्बोधन गर्दे आफुहरुले देशैभरि आफ्ना उत्पादनहरुको उपलब्धता गराउने सोचका साथमा यो निर्णय गरिएको उनले स्पष्ट पारे।

    देशमा धेरै उद्योग तथा कलकारखानाहरु आवश्यक रहेको बताउँदै उनले उद्योगको विकासलेमात्र समृद्धि हाँसिल गर्न सकिने धारणा राखेका थिए। आफ्ना उत्पादनहरु व्यापारीहरुले बिक्रि गर्न उपभोक्तासम्म बस्तुलाई पुर्याउने हो भने आफुहरुको व्यापारले थप उचाई लिने उनले आशा ब्यक्त गरे। ब्यापारीहरुले स्वदेशी ब्रान्डलाई बिक्रि बितरणमा जोड दिन आवश्यक रहेकोपनि उनको भनाई छ।

    त्यस्तै, कार्यक्रममा बोल्दै फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियसन नेपालका नि–र्वतमान अध्यक्ष रविन कुमार श्रेष्ठले व्यवस्थित् तरिकाबाट जुत्ता–चप्पलको व्यापार आवश्यक रहेको धारणा राखेका छन्।

    व्यवसायीहरुले दिर्घकालिन रुपमा आफ्नो व्यवसाय बढाउनपनि स्वदेशी उत्पादनलाई माया गर्न आवश्यक रहेको जानकारी गराए। त्यस्तै कार्यक्रममा बोल्दै उद्योगी प्रमोद महतोले कुनैबेला भृकुटीमण्डपमा मेलाको आवश्यकता रहेपनि अब योभन्दा फरक किसिमले आफ्ना उत्पादनहरुलाई उपभोक्तासम्म पुर्याउन आवश्यक रहेको बताए।

    अहिले चीनबाट आयातित हुने थुप्रै जुत्ता–चप्पलहरु जसले मानव स्वास्थ्यमा प्रतिकुल असरसमेत पार्ने खालका रहेको भन्दै उनले त्यस्ता वस्तुहरुले नेपाली बजारलाई पनि असर पारिरहेको सुनाए।

    सस्तो लोकप्रियताले नेपाली जुत्ता उत्पादनलाई दबाउन खोजिरहेको आरोप लगाउदै उनले अबदेखि ‘सेल–मेला’ नभएर वार्षिक रुपमा प्रर्दशनी गर्न आवश्यक रहेको जनाए।

    त्यस्तै, कार्यक्रममा बोल्दै फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियसन नेपालका पूर्व अध्यक्ष होमनाथ उपाध्यायले २०५९ सालमा आफूहरुको पहलमा उक्त मेलाको आयोजना सुरु गरेपनि अब समय सन्र्दभको हिसाबले बन्द गर्नुपर्ने अवस्था आएको जिकिर गरे।

    अहिलेसम्म आफ्ना उत्पादनलाई उपयुक्त बजारीकरणको मेसोको रुपमा हेर्ने गरिएतापनि अहिले नेपाली जुक्ता–चप्पलको बजार खस्किँदै गएको भन्दै हरेक पसलमा आफ्ना उत्पादनहरुलाई उपभोक्ताहरुले पाउने उनको दाबी छ।

    कार्यक्रममा बोल्दै शिखर शुजका प्रवन्ध निर्देशक रामकृष्ण प्रसाईले नेपाली जुत्ता नचिन्ने समयदेखि नै आफुहरुले ग्राहकको मन जित्न सफल भएको दाबी गरेका छन्।

    अहिलेसम्म भृकुटीमण्डपमा सञ्चालन हुँदै आएको मेलालाई स्थगित् गरेर अब हरेक पसलसम्म आफ्ना उत्पादनहरुलाई पुर्याउने आफुहरुको जिम्मेवारी रहेको उनको भनाई थियो।

    जारी गरिएको निर्णय आफुहरुको लागि ‘टर्निङ–प्वाइन्ट’ भएको बताउँदै उनले नेपाली उत्पादनलाई सबैले मन पराउने र देशकै गौरवको रुपमा विकास गरिनेपनि उनको भनाई थियो।

    त्यस्तै कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय ब्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले आजको कार्यक्रमबाट स्वदेशी उत्पादनसंग सम्बन्धित व्यवसायीहरुको लागि उपयुक्त दिन भएको धारणा राखे।

    कच्चा पदार्थ तथा दक्ष जनशक्तिको अभाव चलिरहँदा पनि यो क्षेत्रलाई आत्मनिर्भर बनाउने आफुहरुको प्रयास सधै जारी रहने उनले विश्वास दिलाए। साना उद्योगी व्यवसायीहरको सरकारसम्मको पहुँच नभएको कारणपनि अव सरकारले आफुहरुसंग समन्वयको वातावरण सृजना गरिदिए राज्य निर्माणमा आफुहरुको पनि सहभागिता हुन सक्नेबारे बताएका थिए।

    फुटवेयरको विकास तथा प्रर्वद्धनमा सबै संगठनहरु एक भएर अगाडि बढे उत्पादन तथा बजारीकरणमा उल्लेखनीय उपलब्धि हाँसिल हुने उनको दाबी छ। त्यस्तै कार्यक्रममा बोल्दै नेपाल जुत्ता–चप्पल व्यवसायी संघका अध्यक्ष आनन्द पौडेलले देशमा अबैध रुपमा संचालनमा रहेको उद्योगहरुलाई समाधानको मार्गमा ल्याउन जरुरी रहेको बताए। आफ्ना तीनवटै संगठनहरुपनि एक हुन आवश्यक रहेको बताए।

    समस्याको समाधान गर्नकानिमित्त यस क्षेत्रका कृयाशिल सवै संगठनहरुबीच कार्यगत एकताका माध्यमवाट समस्या हल गर्दै जाने पनि उनले प्रतिवद्धता ब्यक्त गरेका छन्। अहिलेसम्म चल्दै आएको ‘सेल–मेला’ अबदेखि वार्षिक रुपमा बृहत्त प्रदर्शनीको रुपमा संचालन हुनेपनि उनको दाबी रहेको छ।

    त्यस्तै कार्यक्रममा बोल्दै नेपाल जुत्ता उत्पादक संघका अध्यक्ष बासु रोकाले समाज कल्याण परिषद्ले उपलब्ध गराउदै आएको स्थानमा आफुहरुले मेलाको आयोजना नगर्नेबारे प्रष्ट पारेका छन्।

    व्यापारी वर्गहरुलेपनि स्वदेशी उत्पादनलाई प्राथमिकतामा राखेर र व्यापारीक अनुशासनलाई पनि कायम गर्दै विक्री वितरण गर्ने र आयातलाई निरुत्साहित गर्ने, आम नेपालीको खुट्टामा नेपाली (स्वदेशी) जुत्ता पुर्याउने आफुहरुको अभियान रहेको उनले जानकारी गराए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij