प्रकाशित मिति : सोमवार, बैशाख २३, २०७६
काठमाडौं । महानगरीय ट्राफिक महाशाखा, रामशाहपथबाट खटिएको टोलीले हेलम्बु गाउँपालिका वडा नं ५ सुरुङ नजिकैबाट तीन वटा चोरीको मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ।
मोटरसाइकल चोरीमा समातिएका हेलम्बु–५ का दीलकुमार तामाङ, हेलम्बु– ७ का नवराज तामाङ र हेलम्बु– ७ कै सिकारी भनिने अमित तामाङ छन्।
इलाका प्रहरी कार्यालय हेलम्बु र इलाका प्रहरी कार्यालय मेलम्चीको सहयोगमा उनीहरुलाई पक्रन सफल भएको हो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij