मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

कालीगण्डकी करिडोर स्तरोन्नति तीव्र गतिमा

  • प्रकाशित मिति : सोमवार, बैशाख २३, २०७६



  • बागलुङ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर, बागलुङ खण्डको स्तरोन्नति तीव्र गतिमा भइरहेको छ। दश मिटर चौडासहित सडक स्तरोन्नतिको काम गत माघमा शुरु भएको थियो।

    पहिलो चरणमा मालढुङ्गादेखि बलेवा विमानस्थलसम्मको दश किमि सडक चौडा पार्न लागिएको हो। आउँदो असारभित्र स्तरोन्नतिको काम सकिने नेपाली सेनाको कालीगण्डकी करिडोर निर्माण कार्यदलले जनाएको छ।

    “युद्धस्तरमा काम भइरहेको छ” कार्यदलका प्रमुख इञ्जिनीयर रेश्मीराज भट्टराईले भन्नुभयो, “पाँच किमिमा काम सकियो, बाँकी असारभित्र पूरा हुन्छ ।” सडक चौडासँगै नाली, पर्खाल र ग्राबेलको काम पनि गरिनेछ। उक्त सडकखण्ड स्तरोन्नतिका लागि सरकारले रु दश करोड बजेट छुट्टाएको थियो।

    अघिल्लो वर्ष नै सडक विस्तारको योजना रहेपनि बजेट नहुँदा काम अघि बढेको थिएन। स्थानीयवासीले सडक स्तरोन्नतिको माग गर्दै आएका थिए। थप बजेट आए आउँदो वर्ष बाँकी सडकखण्ड चौडा पार्ने काम शुरु हुनेछ । करिडोरको ३८ किमि खण्ड बागलुङमा पर्छ। “थप रु २५ करोड बजेट आवश्यक छ” कार्यदल प्रमुख भट्टराईले भने, “बजेट आएमा आउँदो वर्ष बागलुङको सबै खण्ड सक्छौँ।”

    बलेवा विमानस्थलदेखि गुल्मीको सीमा पालुङखोला जोड्ने २८ किमि सडक दोस्रो चरणमा चौडा पार्ने योजना कार्यदलको छ। थप बजेट ल्याउन पहल भइरहेको बागलुङ क्षेत्र नं.१ का सासंद डा सूर्य पाठकले बताए। सडक कालोपत्र भएपछि बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थल नियमित सञ्चालन गर्न सहज हुने विश्वास गरिएको छ।

    करिडोरको ८० किमि बागलुङ–गुल्मी खण्ड निर्माणको जिम्मा नेपाली सेनालाई छ । सेनाले करिडोरको यस खण्डमा दुई वर्षअघि मार्ग खोलेको थियो।

    बागलुङसँगै गुल्मी खण्डमा पनि सडक चौडा गर्ने काम भइरहेको छ। गुल्मीका लागि पनि सरकारले चालू आर्थिक वर्षमा रु दश करोड बजेट विनियोजन गरेको थियो।

    रिडीदेखि रुद्रवेणीसम्मको सात किमिमा काम सकिएको छ। रुद्रवेणी–बहरेखाला खण्डमा स्तरोन्नतिको काम चलिरहेको छ । बहरेखोलादेखि बागलुङको सीमा पालुङखोला जोड्ने सडकको लागि थप बजेट चाहिने कार्यदलले जनाएको छ।

    “थप ५० करोड बजेट भयो भने गुल्मी–बागलुङको सबै काम सकिन्छ” कार्यदल प्रमुख भट्टराईले भने, “समयमा काम शुरु नभए लागत अझ बढ्न सक्छ।” विसं २०७६ असारसम्ममा बागलुङ–गुल्मी खण्डको स्तरोन्नति सकेर कालोपत्रका लागि सडक विभागलाई हस्तान्तरण गर्ने कार्यदलको लक्ष्य छ।

    करिडोरको बागलुङ–गुल्मी खण्डबाहेक अन्य क्षेत्रमा सडक विभागले स्तरोन्नति र कालोपत्रको काम गरिरहेको छ। नेपाललाई चीन र भारतसँग जोड्ने ४३५ किमि दूरी भएको कालीगण्डकी करिडोरलाई सामरिक महत्वको सडक मार्गका रुपमा लिइन्छ।

    पर्यटन, व्यापार, र पारवहन दृष्टिले समेत महत्वपूर्ण यस करिडोर नेपालको आर्थिक, सामाजिक विकासको मेरुदण्ड बन्ने विश्वास गरिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij