मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

विषादीरहित तरकारी उत्पादनमा जोड

  • प्रकाशित मिति : मङ्लबार, बैशाख २४, २०७६



  • बेझाड । तरकारी खेतीमा विषादीको प्रयोग बढेका बेला पाल्पाका एक युवाले विषादीरहित तरकारीखेती शुरु गरेका छन्।

    मानव स्वास्थ्यमा विषादी प्रयोग गरेको तरकारीले असर पार्न थालेपछि रामपुर नगरपालिका–१० धन्सारेका राजेन्द्र भण्डारीले अर्गानिक तरकारी खेती थालेका छन्।

    कृषकले पर्याप्त आम्दानी लिन तरकारी बालीमा अन्धाधुन्ध विषादी प्रयोग गर्दा स्वास्थ्यमा असर पारिरहेको हुँदा विषादीरहित तरकारी लगाउन थालेको उनले बताए।

    ‘तरकारीको बोटले भुई छोड्न नभ्याउँदै विषादी प्रयोग गर्नेको सङ्ख्या धेरै छ, यसले स्वास्थ्यमा असर पुर्याउने भए पनि जानी जानी विषादी प्रयोग भइरहेको छ।’ भण्डारीले बताए।

    उत्पादन न्यून भए पनि विषादी प्रयोग नगर्ने उनी बताउँछन्। घरायसी वस्तुलाई सङ्कलन गरी  झोल मल तयार गरेर भण्डारीले बोटबिरुवामा प्रयोग गर्दै आएका छन्।

    ‘गाउँमा खेर गएका वनमारा, तितेपाती, असुरोलगायत वनस्पतिबाट झोल मल तयार पारी बोटबिरुवामा छर्कने गरेको छु, यसले उत्पादन राम्रै भएको छ’, उनले भने, ‘उनले विशेषगरी गोलभेँडा खेती गर्दै आएका थिए। गोलभेँडाले बजार पाएकाले यसतर्फ जोड दिएको उनी बताउँछन्। गोलभेँडासँगै काँक्रा, करेला, घिरौला, सिमी, बोडीलगायत तरकारी समेत भण्डारीले लगाएका छन्।

    अहिले दुई रोपनी क्षेत्रफलमा विषादीरहित गोलभेँडाको उत्पादन भइरहेको छ। विषादी प्रयोग नगर्दा उनको घरमा गोलभेँडा खरीद गर्न आउनेको सङ्ख्या अत्यधिक छ। भण्डारीले प्रतिकिलो गोलभेँडा घरबाटै ३५ मा बिक्री गर्दै आएका छन्।

    वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब, युनाइटेड अरब इमिरेट्स (युएई), कतार, बहराइन र बङ्गलादेशमा १३ वर्ष काम गरेर भण्डारी स्वदेश फर्केका हुन्। “विदेशको मरुभूमिको सिकाइ गाउँघरमा काम लागेको छ”, उनले भने।

    रामपुर बजारदेखि टाढा भएकाले व्यवसाय गर्न समस्या भएको उनी बताउँछन्। स्थानीय बजारमा धेरै तरकारी खपत नहुने हुँदा व्यवसाय बढाउन समस्या भएको हो। प्रशस्त जग्गा भएको हुँदा ठूलो क्षेत्रफलमा अर्गानिक तरकारीखेती गरेर उनी नमूना व्यवसायीका रुपमा चिनिन चाहन्छन्।

    बाख्रामा पिपिआर रोग विरुद्ध खोप

    रामपुर नगरपालिका भित्रका दश हजार बाख्रामा पिपिआर विरुद्धको खोप लगाउने काम भइरहेको छ। ‘राष्ट्रिय पिपिआर भ्याक्सिनेशन कार्यक्रम’अन्तर्गत नगरपालिकाभित्र बाख्रामा पिपिआर रोग विरुद्ध खोप लगाउन थालिएको हो।

    पशुसेवा शाखामार्फत नगरका दशवटै वडामा प्राविधिक खटिएर खोप लगाउने काम भइरहेको शाखा प्रमुख मोहनप्रसाद भट्टराई बताउँछन्।

    ‘महामारीका रुपमा एक बाख्राबाट अर्को बाख्रामा सङ्क्रमण फैलिने भएकाले पिपिआर रोग विरुद्ध खोप दिन दशवटै वडामा प्राविधिक परिचालन गरिएको छ।’ उनले भने, ‘यही वैशाख १९ गतेदेखि शुरु भएको उक्त अभियान वैशाख २६ गतेसम्म सञ्चालन हुनेछ। पशु प्राविधिक वडाका विभिन्न ठाउँमा  पुगेर बाख्रालाई खोप लगाउँदै आएका छन्।’

    हालसम्म नगरपालिका भित्रका दुई हजार पाँच सय बाख्रामा पिपिआर विरुद्धको खोप लगाइएको छ। पशुसेवा शाखामार्फत चार कर्मचारी र ६ सिक्दै गरेका विद्यार्थी परिचालन गरिएको छ।

    सिगान जस्तै नाकबाट पानी बग्ने, आँखामा पिप्रा आउने, टाउको सुन्निने, आँखा सुन्निने, ज्वरो आउनेलगायत पिपिआर रोगको लक्षण हो। एउटा बाख्रामा पिपिआर रोग लागेपछि अन्यमा समेत सर्ने हुँदा सजगता अपनाउनुपर्ने आवश्यक छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij