मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

गर्मीमा पसिना आएर हैरान हुनुहुन्छ ? यी हुन बच्ने उपाय

  • प्रकाशित मिति : बुधबार, बैशाख २५, २०७६



  • गर्मी मौसम सुरु भइसकेको छ। यो मौसममा बढी पसिना आउने हुँदा यसले हाम्रो शरीरलाई असर गर्छ। पसिनाका कारण ऐक्सेसिम स्वेटिङ नामक रोग लाग्न सक्छ। शरीरबाट बढी पसिना निस्किएर छाला लगातार भिजिरहे त्यो आफैँमा एक प्रकारको रोग बन्छ। गर्मी मौसममा चर्काे घामका कारण हामीलाई छालाजन्य विभिन्न रोग पनि लाग्ने गर्छन्। गर्मीबाट शरीरलाई जोगाउन उपाय केही उपाय हेरौँ।

    पसिनाबाट बच्ने उपाय
    –   नुहाउँदा सादा फिटकिरीले काखीमुनि केही समयसम्म रगड्ने । गर्मी मौसममा दिनको दुई पटकसम्म गुणस्तर र वास्नायुक्त साबुन प्रयोग गरेर नुहाउने,
    –    नुहाउने पानीमा निमको पात उमालेको पानी मिसाएर नुहाउने,
    –    नुहाउने पानीमा कागती वा डिटोल पनि प्रयोग गर्न सकिन्छ,
    –    जुत्ता लगाउनुअघि पाउडर हाले पसिना आउँदैन,
    –    लुगा खोल्नासाथ पट्याएर नराख्ने, किनकि पसिना गुम्सिएर गन्हाउन सक्छ,
    –    निमयुक्त साबुन र बडीवासको प्रयोग गर्ने,
    –    पसिनाको गन्धबाट मुक्ति पाउन बास्नादार परफ्युम तथा बडीस्प्रेको प्रयोग गर्ने,
    –   अनुहारमा मलमलको कपडामा आइसका केही टुक्रा राखी हल्कासँग रगड्ने,
    –   गर्मीमा ज्यादा भद्दा मेकअप नगर्ने, भद्दा मेकअपलाई पसिनाले बगायो भने अनुहार ज्यादै फोहोरी देखिन्छ ।

    घामबाट बच्ने उपाय
    –   बाहिर निस्कँदा बडी लोसन, सनस्किन क्रिमको प्रयोग गर्ने,
    –   फुल स्लिप भएको कपडा लगाउने । जसका कारण घामले छाला डढ्ने समस्याबाट जोगिन सकिन्छ,
    –    अनुहारको सुरक्षाका लागि सनग्लास र माक्स प्रयोग गर्ने,
    –    समय–समयमा सफा रुमालले अनुहार पुछिरहने,
    –   घामबाट जोगिन बाहिर निस्कँदा छाताको प्रयोग पनि गर्न सकिन्छ,
    –   आफ्नो छाला कस्तो प्रकारको हो भन्नेबारे चिकित्सक तथा दक्ष ब्युटिसियनसँग परामर्श लिएर मात्र सनस्किन क्रिम र लोसनको प्रयोग गर्ने।
    प्रस्तुति : मनिषा रायमाझी

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij