प्रकाशित मिति : बिहिबार, बैशाख २६, २०७६
पोखरा – पोखराको दुई छुट्टाछुट्टै ठाउँमा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रविन्द्रमान गुरुङका अनुसार पोखरा महानगरपालिका ३० शिशुवा र त्रित्याङ चोकमा चितुवाले आक्रमण गरेको हो ।
चितुवाको आक्रमणमा पर्नेमा धरानका ४५ वर्षीय टीकाबहादुर लिम्बु र पोखरा ३० की ४७ वर्षीया राधिका आचार्य हुन् । लिम्बुको हात र राधिकाको तिघ्रामा चितुवाले चिथोरेको छ । घाईतलाई सामान्य उपचारपछि घर फर्काइएको छ ।
चितुवाले जंगलमा खानेकुरा नपाएर बस्तिमा छिरेको हुन सक्ने जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख एसपी ओम रानाले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij