प्रकाशित मिति : बिहिबार, बैशाख २६, २०७६
बाँके। जानकी गाउँपालिका–६ गानापुरबाट कालिकोट रास्कोट नगरपालिका–६ बस्ने ४२ वर्षीय भरत बहादुर बम र ३० वर्षीय सत्य बहादुर शाहीलाई बिस्फोटक पदार्थ प्रेसर कुकर बम १ थान, सोमा प्रयोग हुने फ्युज, तार र ब्याट्री सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले पैदल हिँडिरहेका उनीहरुलाई जाचँ गर्ने क्रममा उक्त बिस्फोटक पर्दाथ सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij