प्रकाशित मिति : बिहिबार, बैशाख २६, २०७६
रामपुर । ग्रामीण भेगका जनतामा समृद्धि ल्याउन पाल्पा जिल्ला वन कार्यालयले सहयोग गर्न थालेको छ । उक्त कार्यालयका र केही सामाजिक अभियान्ताले आर्थिक रुपले विपन्न पश्चिम पाल्पाका जनताको हितका लागि सम्भाव्यता अध्ययनमा लागेका हुन् ।
वन व्यवस्थापन कार्यक्रमअनुसार स्थानीयवासीको जीवनस्तरमा सुधार ल्याउन वृक्षरोपण गरी आयआर्जन बढाउने अभियान थालिएको छ । ग्रामीण बस्तीमा रहेका गरीब जनजाति पिछडिएको क्षेत्रमा टिमुर दालचिनीजस्ता आम्दानी दिने बिरुवा निःशुल्क प्रदान गरिएको छ ।
आयआर्जनमूलक काम गर्दै कृषि वनमार्फत् स्थानीयवासीका जीवनमा परिर्वतन आउने खालको कार्यक्रम ल्याएइको जिल्ला डिभिजन वन कार्यालयका अधिकृत यमलाल पोखरेलको भनाइ छ । जिल्लाको विकट भेग रैनादेवी छहराका जुठा बल्डेङगढी र सत्यवती वडा पीछडिएको वडा हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij