प्रकाशित मिति : बिहिबार, बैशाख २६, २०७६
काठमाडौं । अवैध मुद्रासहित एक चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । काठमाडौंबाट चीन जान लागेका ४९ वर्षीय चिनियाँ नागरिक वाङ चुयान पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीबाट प्रहरीले नगद १ हजारको दरको १०० थान (१ लाख) रूपैयाँ, अमेरिकी डलर १०० दरको १३० थान र २० को दरको थान १ जम्मा अमेरकी डलर १३,०२०। , भारू १०० को दरको थान ८३ (भारू ८३००) , चाइनिज युयान १०० दरको थान १० (युयान १०००) बरामद गरेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij