मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

काठमाडौंमै हैजा !

  • प्रकाशित मिति : शुक्रबार, बैशाख २७, २०७६



  • काठमाडौँ। काठमाडौँको टेकूस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले त्यहाँ भर्ना भएका विरामीमा हैजाको कीटाणु देखिएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

    उक्त अस्पतालका अनुसार बिरामीको दिसाको नमुना संकलन गरि शुक्रराज ट्रपिकल तथा सरुवा रोग आस्पताल, टेकुको आफ्नै प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु दुवैमा परीक्षण गर्दा यही बैशाख २२ गते हैजा प्रमाणित भएको देखिएको हो ।

    अस्पताल र प्रयोगशालाको एउटा टीम हैजा प्रमाणित भएका बिरामीको घर गई निरिक्षण गर्दा भने बिरामीको स्थिती सामान्य रहेको देखिएको र परिवारका अन्य सदस्यमा झाडापखाला देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

    यस्तै ती बिरामीमा हैजा देखिएको प्रमाणित भएपछि उनको घरबाट विभिन्न स्रोतका पानीका ३ वटा नमुना परिक्षणका लागि टेकुमै लगिए पनि नतिजा आउन बाँकी रहेको उक्त शाखाको भनाइ छ ।

    यस्तै यही बैशाख १७ गते काठमाडौँ महानगरपालिका वडा न. १३ निवासी, ४५ बर्षीय एक पुरुष झाडापखाला उपचारका लागि उक्त शुक्रराज ट्रपिकल तथा सरुवा रोग आस्पताल, टेकुमा भर्ना भएका थिए ।

    स्मरणीय छ, उक्त अस्पतालले केही दिन अघि बर्डफ्लुबाट ज्यान पुमाएका एक युवकको निधनको खवर ३२ दिनपछि सार्वजनिक गरेको थियो ।

    उक्त अस्पतालमा घाटी दुख्ने र कडा रुघाखोकीका बिरामी भर्ना हुनथालेको अस्पतालले जनाएको छ । तर अहिले सिजनल कडा खालको रुघाखोकी भए पनि बर्डफ्लु नदेखिएको अस्पतालले भनाइ छ। नेपाल समाचारपत्र दैनिक

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij